Logo

एक हजार नेपाली जापान जान पाउने, जनवरी र मार्चमा परीक्षा



काठमाडौं, पुस २० । जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट १ हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ ।वैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै नर्सिङ केयर गिभरका लागि सो संख्यामा नेपाली युवालाई रोजगारका लागि लैजान लागेको जनाएको हो ।

यसअघि पनि एक चरणमा परीक्षा सञ्चालन गरे पनि थोरै संख्यामा मात्र नेपाली उर्तीण भएका थिए ।नेपाल र जापान सरकारबीच केही महिनाअघि भएको ‘सहयोग समझदारी’ एमओसी बमोजिम नेपालबाट नर्सिङ केयर गिभरको लागि पुनः परीक्षा गर्न लागिएको हो ।

जनवरी र मार्चमा सञ्चालन गरिने परीक्षा जापान फाउन्डेसनले गर्ने भएको छ । परीक्षा जनवरी ७ देखि २९ गतेसम्म पटकपटक गरेर १० दिनसम्म सञ्चालन हुनेछ । यसैगरी मार्चमा पनि ३ तारिखदेखि पटकपटक गरेर १२ दिनसम्म सञ्चालन हुनेछ ।

परीक्षा युनिभर्सल ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्च्यिुट काठमाडौँमा हुने आजको कारोबार दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot