Logo

नारायणकाजीले गराए उम्मेदवारी दर्ता



काँस्की, २० पुष । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

आइतबार निर्वाचन अधिकृत कार्यालय कास्की पोखरा पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गरेको उनको सचिवालयले जनाएको छ ।उनको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत छन्। माघ ९ गते रिक्त राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ। file photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्