Logo

देउवा गलाउन कांग्रेसमा नेताहरु एक



काठमाडौं, २० पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला शीर्ष नेताहरु पानी बाराबारको अवस्था छ । सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच बोलचाल नै बन्द भएको छ ।

पार्टीको केन्द्रिय कार्यसमिति बैठकबाट एकलौटी निर्णय गरेको भन्दै पौडेल रुष्ट छन् । विभिन्न विभाग गठनको लागि संख्या बढाउनेदेखि लिएर महाधिवेशनको मिति तय गर्नेजस्ता महत्वपूर्ण निर्णयहरु एकलौटी गरेपछि पौडेल समूह असन्तुष्ट बन्दै आएको छ । यो बीचमा पौडेल समूहले छुट्टै पत्रकार सम्मेलनको आयोजना गरेर देउवाले गरेका निर्णय नमान्ने चेतावनीसमेत दिईसकेको छ ।

उता, सभापति देउवाले भने पौडेल पक्षलाई फकाउने रणनीतिका साथ आफ्ना गुटका नेताहरुलाई दुतको रुपमा वार्ता गर्न पठाएका छन् । उपसभापति विमलेन्द्र निधिले पौडेलसँग पटक पटक वार्ता गरेका छन् । तर, पौडेलले स्पष्ट रुपमा निर्णय नसच्याएसम्म कुनैपनि वार्तामा नबस्ने अडान लिएका छन् ।

सोहीअनुसार पौडेल समूहले नयाँ रणनीति बनाएको छ । सभापति देउवालाई पौडेल पक्षको योजना छ । पौडेल पक्षधर एक नेताले भने,‘सभापतिले नै पेलेर जाने नीति लिएका छन् । त्यही भएर अब हामी पनि उहाँलाई गलाउने रणनीतिमा छौं । देउवाको रणनीतिलाई असफल तुल्याउने हाम्रो योजना हो । अहिले कृष्ण सिटौला र कोइराला परिवार पनि एक भएका छन् । खासगरी सभापति देउवाईतर सबै नेताहरु एक भएका छन् ।’

१४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भैसकेको छ । तर, पौडेल समूह महाधिवेशन अघिसम्म देउवासँग वार्ता नगर्ने पक्षमा छ ।



प्रतिक्रिया दिनुहोस्