Logo

नेकपाले राजपालाई म्वाई खाएपनि विष लाग्छ-राजेन्द्र श्रेष्ठ



काठमाडौं, २० पौष । समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले सत्तारुढ नेकपा र राजपाबीचको एकताले राजपालाई हानी पुग्ने तर्क गर्छन् । उनीसँग पछिल्लो राजनीतिक अवस्थाबारे ऋषि धमलाले गरेको कुराकानी:
राष्ट्रियसभाको निर्वाचनमा तपाईंहरुले कांग्रेससँग के कारणले तालमेल गर्नुभयो ?
हामी सत्तारुढ पार्टीको गठबन्धनमा रहँदा विभिन्न सञ्चारमाध्यमले बाहिर ल्याएकै हुन् । त्यसबेला हामीले जुन सहमति र सम्झौता ओलीजी नेतृत्वको सरकारमा सामेल भएका थियौं । त्यसलाई नेकपाले इतिहासमै ठूलो धोका दिएर ऊसँग सहकार्य नहुने बाचा गरिसकेपछि हामी सत्ताबाट बाहिरिएको छौं । अहिले प्रतिपक्षमा छौं । नेकपा भनेको विश्वास गर्न लायक पार्टी होइन भन्ने कुरा विश्वसामु प्रष्ट भइसकेको छ । हामी सरकारबाट बाहिरिने मात्रै नभएर प्रतिपक्षको भूमिका रहने भएकाले सबै प्रतिपक्षबीच सहकार्य गर्ने प्रतिवद्धता गरेका छौं । त्यसको प्रारम्भ नेपाली कांग्रेस र हामीबीचको सहकार्यबाट सुरु हुन्छ ।
सत्तामा हुँदा राजपाको प्रस्तावलाई अस्वीकार गर्नुभयो अहिले कांग्रेससँग घाँटी जोड्नुभयो नि ?
त्यो कुरा सरासर गलत हो ।
उपेन्द्र यादवले तपाईंहरुसँग सहकार्य हुँदेन भनेको कुरा त राजेन्द्र महत्वले मसँग गर्नुभएको छ नि ?
त्यतिबेला केन्द्रीय रुपमा सरकारमा गएका थियौं । र प्रादेशिक रुपमा राजपासँग सहकार्य गरेका थियौं । राजपासँग दुई नम्बर प्रदेशमा भएको गठबन्धन अहिले पनि जारी नै छ । राष्ट्रिय सभा भनेको प्रदेश सभाको अंग हो । त्यसमा उनीहरु प्रतिपक्षको भूमिकामा जान्छन् भने राजपासँग सहकार्य गरेर अगाडि बढ्न हामीलाई कुनै गठबन्धनले पनि छेक्दैन ।
त्यो बेलामा तपाईंहरु सरकारमा टाँसिइरहँदा राजपासँग एकता पनि तुहियो नि ?
यो कुरा त ‘के निहुँ पाउँ कनिका बुक्याउँ’ भनेस्तै गरी हुँदै नभएको जुन बेला त्यो चर्चा पनि नभएको विषयमा हामीसँग कुनै त्यस्तो प्रस्ताव पनि आएको थिएन । त्यसपछि सरकारबाट बाहिरिएपछि नेपाली कांग्रेसँग राजपाले गठबन्धन गरी निर्वाचनमा जाने भन्नेमा हामी स्पष्ट नै थियौं ।
डा. बाबुराम भट्टराईले भनेकै बेला तपाईंहरु सरकारबाट बाहिरिएको भए राम्रो हुने थियो नि ?
अरुलाई दोषारोपण गरेर आपूm नेकपासँग गठबन्धन गर्ने कुरालाई जे भन्दा पनि भयो । वास्तवमा त्यस्तो हुँदै होइन ।
प्रदेश नम्बर २ मा राजपासँग तपाईंहरुको गठबन्धन नहुनुमा दोषी को त ?
त्यसमा राजपाले नेकपासँग गठबन्धन गरेको कुरा प्रस्ट भइसकेको छ । उहाँहरुले पहिल्यै समर्थन नगरेको र सरकारबाट फिर्ता भइसकेको अवस्था थियो । र, पार्टी एकतामा पनि हामीलाई उहाँहरुले सरकारबाट बाहिरिने सर्त राखेका थिए । हामीहरुले चाहीं यो सरकारमा जाने कुरा रणनीति हो । हाम्रो मिसन पुरा हुन्छ बस्छौं हुँदेन, छोड्छौं भन्ने थियो । राष्ट्रिय सभाको निर्वाचनको सम्दर्भमा कांग्रेस, हामी र राजपा मिल्ने भन्ने पहिला पनि त्यसैगरी गठबन्धन भएको थियो ।
अहिले पनि त्यसैगर्ने भनेका थियौं, तर छापामार शैलीमा उहाँहरुले नेकपासँग सम्झौता गर्नुभयो । त्यसपछि उहाँहरु भन्नुभयो, ‘यो सब समाजवादी पार्टीले गर्दा भएको हो’ त्यसो हो भने सबैभन्दा पहिला समाजवादी पार्टीसँग एकचोटी वार्ता हुनुप¥षो, उहाँहरु पनि प्रतिपक्षमै हो । प्राकृतिक गठबन्धन भनेको सहयकार्य र एकता नै हो । उहाँहरु त नेपाली कांग्रेससँग एकता गर्दै आएका थिए । उहाँहरुसँग साच्चै नै दम र इमान्दारिता छ भने उहाँहरुले नेपाली कांग्रेससँग वार्ता गर्नुभयो ? तपाईहरुले त्यसो गरेको देख्नु र सुन्नुभयो ।
तपाईहरुले कांग्रेससँग गठबन्धन गरेपनि चुनाव जित्ने सम्भावना कम छ, प्रदेश नं. दुईको सरकारको बारेमा राजेन्द्र महत्व केपी ओलीबीच वार्ता भइरहेको छ, अब के हुन्छ ?
राष्ट्रिय सभामा कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरुले भोट हाल्ने होइन । राजपाका केन्द्रीय सदस्यले भोट हाल्ने पनि होइन । त्यहाँ त सांसद्हरुले भोट हाल्ने हो । त्यसैले गरी प्रदेश सांसद र गाउँपालिकाका मेयर, उपमेयरले भोट हाल्ने हो । त्यस्तो स्थितिमा कसले प्रभावशालीता देखाउँछ भन्ने कुरामा निर्भर रहन्छ । त्यस्तो अवस्थामा प्रदेश नं .२ मा नेपाली कांग्रेस र हामीबीचको सहकार्य परि णामुखी हुने गरी गरेका छौं । अन्य ठाउँमा जे÷जस्तो भए पनि २ नम्बरको सन्दर्भमा त्यस्तो धरापमा पर्ने छैन ।
दुई नम्बरको हकमा हामी र राजपाबीच सरकारमा सहकार्य गर्ने गरी सहकार्य भएको छ । त्यहाँ जसले बाचा तोड्छ उसलाई त्यहाँका जनताले माफि दिँदैन । दुई नम्बरको सरकार गिरायो भने राजपा नै विभाजन भएर फेरि नयाँ कोलुसन बन्ने अवस्था देखिन्छ । राजपा भनेको छ-छ वटा पार्टी मिलेरको त्यसको अधिवेशन पनि नभएको तरल अवस्थामा रहेको पार्टीबीचको गठबन्धन हो । यस्तो तरल अवस्थामा रहेको बेलामा उहाँहरुले जनताको बीचमा खाएको कसमलाई भुलेर हामी सहयोग गर्छौ भन्दैमा ‘ल भनेर जान्छन् भने त्यो पार्टी नै विघनको स्थितिमा पुग्छ । एउटा उखान छ नि ‘सर्पले म्वाई खाएपनि विष लाग्छ’ त्यस्तै नेकपाले राजपालाई म्वाई खाएपनि विष लाग्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot