काठमाडौं, २० पुष । चर्चित नायिका श्वेता खड्काले नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने बताएकी छिन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका खड्काले यस्तो बताएकी हुन् ।
नायिका खड्काले नेपाली चलचित्र विगतभन्दा अहिले धेरै सफल भएको टिप्पणी गरेकी छिन् । उनले भनिन्,‘नेपाली चलचत्रि पहिलेभन्दा अहिले धेरै सफल भएको छ । तर, सय वटा मुभी बन्दा ९० वटा फ्लप भएका छन् । यो चाहीँ दुःखलाग्दो कुरा हो । यसबारेमा सोच्नुपर्छ ।’
फरक प्रसँगमा उनले आफूलाई मन पराउने र विवाहको लागि प्रस्ताव राख्नेको संख्या ठूलो रहेको पनि खुलासा गरिन् । उनले भनिन्,‘परिवारमार्फत विवाहको लागि प्रस्ताव धेरै आएका छन् । तर, म यसको लागि तयार छैन् । मलाई मन पराउने धेरै छन् । तर, म मन पराउँदिन् ।