Logo

श्रेष्ठ र न्यौपानेद्वारा उम्मेदवारी दर्ता



पोखरा, २० पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार बनेका सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेत्री भगवती न्यौपानेले पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेका छन् ।

पार्टीका नेता, प्रदेश सरकारका मन्त्री तथा कार्यकर्तासहित निर्वाचन कार्यालय पुगेका श्रेष्ठ र न्यौपानेले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका हुन् । श्रेष्ठका प्रस्तावकमा रामशरण बस्नेत तथा समर्थकमा डिलमाया रोक्का छन् । त्यस्तै न्यौपानेका प्रस्तावकमा किरण गुरुङ र समर्थकमा मञ्जु गुरुङ छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot