काठमाडौं, २० पौष । सिटिजन्स बैक इन्टरनेशनलले आफ्नो बैंकको एटिएम कार्डमा मास्टरकार्ड सेवा सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै मास्टरकार्ड, मास्टेरो र सिरस ब्राण्डका कुनै पनि कार्ड यस बैंकको एटिएममा चल्नेछन् ।
नेपाल भ्रमण बर्ष २०२० को सुरुवातँसगै प्रारम्भ गरिएको यस सेवाबाट विशेष गरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटक र नेपालमा मास्टरकार्ड ब्राण्डका कार्ड हुने ग्राहकहरु लाभान्भित हुने छन् । बैंकले यस अघि नै भिसा र युनियन पेसँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आइरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।