Logo

१२२ चिनियाँ नागरिक चीन लगिदै



काठमाडौं, २० पौष । नेपालमा बसेर सीमापार संगठित अपराधमा सक्रिय रहेको अभियोगमा पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई प्रहरीले अनुसन्धानपछि अभद्र व्यवहारमा मुद्दा चलायो । जिल्ला प्रशासन कार्यालयले हेर्न मिल्ने गरी म्याद थप गरियो । यसका पछाडि उनीहरुलाई नेपालबाट निष्काशन गर्ने उद्देश्य रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको इजलाशले आइतबार १२२ चिनियाँ नागरिकलाई कानुन अनुसार एक हजार जरिवाना गरायो । अभद्र व्यवहारसम्बन्धी मुद्दामा जरिवाना तिरेर रिहा भएपनि उनीहरुलाई चीन फर्काउन गृहमन्त्रालयले आन्तरिक रुपमा निर्णय लिएको बुझिएको छ । यसबारे बुझ्न खोज्दा गृह प्रवक्ता केदारनाथ शर्माको मोबाइल स्वीच अफ छ । अध्यागमन विभागले चीन फर्काउने तयारी पूरा गरिसकेको छ ।

निष्काशनको प्रक्रिया पूरा भएपछि चिनियाँ नागरिकले २४ घन्टाभित्र नेपाल छाड्नुपर्नेछ । विश्वस्त स्रोतका अनुसार उनीहरुलाई चीन लगेर कारबाही गरिनेछ ।

७ पौषमा काठमाडौंको विभिन्न स्थानबाट पक्राउ परेका चिनियाँ नागरिकहरुलाई गम्भीर अपराधमा मुद्दा दायर गरिएन । यसका पछाडि उनीहरुलाई स्वदेश फर्काउने उद्देश्य रहेको थियो ।

गृहमन्त्री रामबहादुर थापा बादलसहितको टोली चीन प्रस्थान गरेकै दिन पक्राउ परेका १२२ चिनियाँ रिहा भएका छन् । रिहा गरेर उनीहरु नेपालमा भने रहनेछैनन् । उनीहरुलाई भविष्यमा समेत नेपाल आउन रोक्ने गरी निष्काशनको आन्तरिक निर्णय गरिसकिएको बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot