Logo

कस्ले गर्यो जेएनयूमा हिंसात्मक आक्रमण ?



नकाबधारीहरुले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयभित्र आक्रमण गरेपछि अन्तर्राष्ट्रिय चासो बढेको छ । भारतको प्रतिष्ठित विश्वविद्यालय जेएनयू शान्त स्थानको परिचय बनाउन सफल छ । तर, पछिल्लो समय त्यहाँ विद्यार्थी संगठनबीच द्धन्द्धले हिंसात्मक घटना बढ्न थालेको छ ।

आइतबार राति साँढे छ बजेबाट तीन घन्टासम्म एक सयको संख्याका नकाबधारी पसे । विभिन्न होस्टेलभित्र छिरेर तोडफोड गर्दै विद्यार्थी र शिक्षकमाथि आक्रमण गरे । आक्रमणका क्रममा जेएनयू विद्यार्थी युनीयनकी अध्यक्ष अइसे घोष पनि घाइते छिन् ।

जेएनयूमा भएको आक्रमणमा सत्तारुढ भारतीय जनता पार्टी निकट विद्यार्थी युनीयन एबीभीपीमाथि आरोप लगाइएको छ । तर, उक्त संगठनले आरोप खण्डन गरेको छ । त्यसको तत्काल छानविन गर्न भारतीय गृहमन्त्री अमित शाहले निर्देशन दिइसकेका छन् ।

जेएनयुका पूर्व विद्यार्थी विदेशमन्त्री एस जयशंकर र अर्थमन्त्री सीतारामनले घटनाको भत्र्सना गरेका छन् । भारतको राजनीतिक र प्रशासनिक क्षेत्रका अलावा बौद्धिक क्षेत्रमा समेत जेएनयूका उत्पादनको वर्चश्व छ । जेएनयुको इतिहासमै खतरनाक आक्रमणको सर्वत्र भत्र्सना भएको छ । –एजेन्सीको सहयोगमा Photo Source: hindustantimes



प्रतिक्रिया दिनुहोस्