Logo

भ्रमण वर्षभर प्रदेश ५ मा २० प्रतिशत छुट



काठमाडौं, पुस २१ , भ्रमण वर्ष २०२० को अवसरमाप्रदेश नम्बर ५ पुग्ने आन्तरिक र बाह्यपर्यटकले बसाइमा २० प्रतिशत छुट पाउने भएका छन्। प्रदेश नम्बर ५ को पर्यटन प्रवद्र्धन समितिको सचिवालयले गरेको निर्णयअनुसार उक्तप्रदेशका १२ वटै जिल्लामापुग्ने सबै पर्यटकले यस्तो छुट पाउने व्यवस्थामिलाइएको हो।

सचिवालय सदस्यभास्कर काफ्लेकाअनुसार भ्रमण वर्ष २०२०मा नेपालआउने पर्यटकमध्ये १० प्रतिशतलाईप्रदेश नम्बर ५ मा पु(याउने लक्ष्य राखिएको छ। हाल नेपालआउने पर्यटकमध्ये पाँचप्रतिशतमात्रै उक्तप्रदेश पुग्ने गरेको तथ्यांकले देखाउँछ।

हालप्रदेश ५ मातारे, साना–ठूला तथापर्यटकस्तरीय गरीकरिब १२ हजार होटल सञ्चालनमाछन्।तीहोटलमा पर्यटकले बस्दा उक्त छुट पाउने छन्। आन्तरिक तथाबाह्यपर्यटकको बसाइलामो बनाउनजारी योजनाले टेवापुग्ने काफ्लेकोे भनाइ छ। २० प्रतिशत छुट दिने निर्णय जनवरी १ देखि लागू भएको समेत उनले जानकारी दिए।

त्यसै, प्रदेश नम्बर ५ को पूर्व–पश्चिम राजमार्ग अन्र्तगत पर्ने होटलमा यात्रुलाई कसरी गुणस्तरीय खानाखुवाउन सकिन्छ भने एकनारायण चापागाईंको संयोजकत्वमा समिति गठन गरिएको काफ्लले जानकारी दिए। भ्रमण वर्षकोअवसर पारेर नेपालआउने पर्यटकमध्ये न्यून संख्यामामात्रै पर्यटक पश्चिम नेपालपुग्ने गरेको काफ्लेकोे भनाइ छ। ‘भारतसँगको सीमा नाकाबाट नेपालआउने पर्यटकबाहेक हवाई मार्गबाट काठमाडौं आएकापर्यटक पोखरा, चितवनवा अन्नपूर्ण पदमार्ग मात्रै धुमेर फर्कने गरेका छन्,’ उनले भने, ‘प्रदेश नम्बर ५ मापनिथुप्रै पर्यटकीय गन्तव्य रहेकाले त्यसतर्फ आकर्षित गर्न विशेष छुटदिने निणर्य गरेकाहौं।’

मानसरोवर जाने पर्यटक समेत नेपालगन्जभएर जाने भएकाले प्रदेशमापर्यटकको गतिविधिउल्लेख्य हुने थुप्रै सम्भावना रहेको उनको भनाइछ। ‘धार्मिक तथाविभिन्नअध्ययनगर्नआउने पर्यटकको लागिप्रदेश नम्बर ५खुलाकिताबहो,’उनले भने।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot