पोखरा, २१ पुस । औद्योगिक ग्राम निर्माणका लागि सङ्घीय सरकारले स्वीकृत गरेपछि गण्डकी प्रदेशमा ११ औद्योगिक ग्राम र दुई औद्योगिक क्षेत्र निर्माणको तयारी सुरु गरिएको छ ।
हरेक स्थानीय तहमा औद्योगिकीकरणको नीतिअनुसार गण्डकी प्रदेशका ११ स्थानमा औद्योगिक ग्राम र दुई स्थानमा औद्योगिक क्षेत्र निर्माणको तयारी सुरुआत गरिएको हो । स्थानीय तहको मागअनुसार गण्डकी प्रदेश सरकारले औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम निर्माणका लागि सङ्घीय सरकारलाई नीतिगत निर्णय गर्न गरेको आग्रहअनुसार सङ्घीय सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत प्राप्त भएपछि प्रक्रिया सुरु भएको गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए ।
गोरखापत्र दैनिकबाट