Logo

सुनको मूल्य निरन्तर उकालो लाग्दै



काठमाडौं,२० पौष । सुनको मूल्य नेपाली बजारमा निरन्तर उकालो लागिरहेको छ । शुक्रबार सुन प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहको थियो भने आइतबार प्रतितोला हजार रुपैयाँले बढेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ भने चाँदी २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सो मूल्य अहिले सम्मकै उच्च रहेको जनाइएको छ ।

आइतबार नेपाली बजारमा ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार भने ५ सय रुपैयाँले बढेर ७६ हजार रुपैयाँमा कारोबार भइ रहेको महासंघले जनाएको छ । यस्तैगरी आज तेजाबी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँ रहेको छ । आइतबार भने तेजाबी सुन प्रतितोला प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

इरान र अमेरिकाबीचको तनावले सुनको मूल्य बढेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्