पुष २१, काठमाण्डौ । औद्योगिक क्षेत्र बालाजुमा तनाव उत्पन्न भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुका अध्यक्ष नन्दकिशोर बस्नेत र महाप्रबन्धक सुवास सिटौलाबीचको झगडाले औद्योगिक क्षेत्र अस्तव्यस्त भएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुका अध्यक्ष नन्दकिशोर बस्नेतले लिमिटेडका महाप्रबन्धक सुवास सिटौलाको कार्यकक्षमा तालाबन्दी गरेपछि क्षेत्रमा आइतबार देखि ताला बन्दि गरेपछि २ दिन देखि औधोगिक क्षेत्रमा तनाव भएको छ ।
बस्नेतले प्रहरी समेत लिएर गैर महाप्रबन्धक सिटौलाको कार्याकक्षमा तालाबन्दी गरेका थिए । बस्नेतले बल मिच्याइ गरेर आफ्नो कार्यकक्षमा तालाबन्दी गरेको सिटौलाको आरोप छ । सिटौलाले आफू नियमअनुसार नै काममा लागेको जिकिर गर्दै अध्यक्षले अराजकता देखाएको आरोप लगाए । सिटौलाले आफूलाई सरकारको समर्थन रहेकोसमेत दावी गरेका छन् ।
सिटौलाले महाप्रवन्धकको हैसियतमा काम गर्न थालेपछि २०७६ असोज २७ गते धन्यवाद ज्ञापन गर्दै उनलाई बस्नेतले अवकाशको पत्र दिएका हुन् । सिटौलाले महाप्रबन्धक सम्हाल्नु अघि बस्नेतले नै सम्हाल्दै आएका थिए । तर अहिले पनि सिटौलाले जबरजस्ती कार्यकक्षमा बसेर गैरकानुनी काम गरेको बस्नेतको आरोप छ । बस्नेतले आफू अध्यक्ष भएका नाताले ताल्चा लगाएर कर्तव्य पूरा गरेकोसमेत जिकिर गरेका छन् ।
तर त्यहाँका कर्मचारीहरुले भने बस्नेतले नै गल्ती गरेको आरोप लगाएका छन् । बस्नेतले व्यक्तिगत स्वार्थका लागि महाप्रबन्धक सिटौलाको कार्यकक्षमा ताल्चा लगाएको बालाजु औद्योगिक क्षेत्रअन्तरगतको कर्मचारी संघकी अध्यक्ष प्रमोदर राई बताउँछन् ।
सर्वोच्च अदालतले २०७४ असार २५ गते सिटौलालाई चार वर्षे कार्यकालको लागि नियुक्त गर्न विपक्षीको नाममा परमादेश आदेश दिएको थियो । सर्वोच्चको आदेश अनुसार मन्त्रिपरिषद्को २०७५ माघ २५ को बैठकले सिटौलालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।