काठमाडौं, पुस २२ । सरकारले रेल्वे विधेयक राष्ट्रिय सभामा पेश गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङले टिकट बिना यात्रा गर्ने व्यक्तिसँग २५ हजार रुपैयाँसम्म जरिवना असुल गर्न सकिने प्रावधानसहितको रेल्वे विधेयक माथिल्लो सदनमा पेश गरेका हुन्।
रेल सञ्चालनको सम्पूर्ण तयारी पूरा भएपछि सरकारले रेल्वे विधेयक अनुमोदनका लागि राष्ट्रिय सभामा पेश गरेको हो। नेपालले सञ्चालन गर्न लागेको रेल मागमध्यसम्म नेपाल आइपुग्नेछ। विधेयकमा टिकट बिना यात्रा गर्ने यात्रुलाई स्टेशन प्रमुखले भाडा तथा सो बराबरको रकम बुझाउन आदेश गरी २५ हजार रुपैयाँसम्म जरिबाना तिर्न आदेश दिन सक्छन्।
विधेयकमा मेट्रो तथा मोनो रेलको विकास तथा विस्तारका लागि आवश्यक संरचना, कर्मचारी भर्ना, बोर्ड र सुरक्षा इकाई, विदेशी भूमिमा सञ्चालनलगायतका प्रावधान राखिएको छ। जनकपुर(जयनगर ३४ किलोमिटर रेल्वे ट्रयाक निर्माण भइसकेको छ। यो खण्डमा रेल सञ्चालनका लागि नेपाल र भारतको कोंकण रेल्वे कर्पोरेसनबीच खरिद सम्झौता भइसकेको अन्नपूर्ण पोस्ट्मा खवर छ ।