काठमाडौं, २२ पुस । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगानालाई नियुक्त गरेको छ। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक ढुंगानालाई यसअघि बोर्डकै विज्ञ सदस्य बनाइएको थियो।
राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँल, राजस्व सचिव शिशिरकुमार ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था आईक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य सम्मिलित सिफारिस समितिले पुसको दोस्रो साता ढुंगानासहित बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र केशव श्रेष्ठलाई सिफारिस गरेको थियो। समितिबाट सिफारिस ३ जना मध्येबाट मन्त्रिपरिषद्को सोमबारको बैठकले ढुंगानालाई अध्यक्ष नियुक्त गरेको हो।
अन्नपूर्ण पोष्ट्बाट