Logo

हमलाको विरोधमा बलिउड



नयाँ दिल्ली, पुस २२ । बलिउडका कलाकारहरुले नयाँ दिल्लीस्थित जवारलाल नेहरु विश्वविद्यालय (जेएनयु)मा भएको हिंसात्मक हमलाको निन्दा गरेका छन् । सामाजिक सञ्जाल मा जेएनयुमा भएको हिंसात्मक हमलाको भिडियो र फोटोहरु आएलगत्तै बलिउडका कलाकारहरुले त्यसको विरोध गरेका छन् ।

अमिनेत्री आलिया भट्ट, कृति सनोन, अर्जुन कपुर,वरुण धवन र अनिल कपुरलगायतका कलाकारहरुले सामाजिक सञ्जाल मार्फत जेएनयुमा भएको हिंसात्मक हमालको विरोध गरे । अभिनेता वरुण धवनले इन्स्टाग्राममा पोस्ट गरेका छन्, ‘प्रहरीले कलेज जस्तो क्षेत्रमा हिंसागर्न नदिएपछि अनुहार लुकायर मानिषहरु हमाला गर्छन् । राजनैतिक विचारधार फरक भएपनि हामी सबै भारतीय हौ । यस्तो हिंसात्मक हमलाको अनुमती हुन सक्दैन ।’

त्यस्तै अनिल कपुरले हमलाको जानकारी पाएपछि त्यो रातभर आफु सुत्नै नसकेको प्रतिक्रिया दिएका छन् । अभिनेत्री आलिया भट्टले पनि दिन दिनै दिक्क लाग्ने खवर आई रहन्छ, यो के भएको हो चन्दै विरोध जनाएकी छन् । भारतीय सञ्चार माध्ययमका अनुसार नकाव लगायका ५० भन्दा बढी आक्रमणकारीले जेएनयुको छात्रवासमा गएर आक्रमण गरेका थिए ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्