Logo

क्यासिनोका फटाँई: रोयल र माजोङमा कसरी छिरे नेपाली



काठमाडौ., पुस २२ । नेपालीलाई जुवा खेलाएमा क्यासिनो सञ्चालकलाई चार करोड रुपैयाँसम्म जरिवानाका साथै इजाजत समेत खारेज हुने कानुनी व्यवस्था छ । सरकारले क्यासिनोमा नेपाली प्रेवेशलाई कडाई गर्न यस्तो कानुनको व्यवस्था गरेको थियो । नेपाली जुवाडेको क्यासिना प्रवेश रोक्न सरकारले कडा प्रावधानसहितको क्यासिनो व्यवस्थापन नियमावली जारी गरको दुई बर्ष भयो ।

आर्थिक अध्यादेशमा क्यासिनोले तिर्नुर्ने रोयल्टी चालु आर्थिक बर्षदेखि दोब्बर पारेर चार करोड रुपैयाँ पर्याएको छ । तर केही प्रहरी र दलालको सेटिङमा पछिल्लो समय राजधानीका अधिकांश क्यासिनोमा नेपाली जुवाडेको भिड लाग्न थालेको छ । नेपालको कानुन दैैवले जानुन भन्ने पारामा सीमा र बाध्यता नाधेर पैसाको लोभमा क्यासिनो सञ्चालकले नेपाली छिराउने गरेका हुन् ।

स्रोतका अनुसार याक एण्ड यती होटमा रहेको क्यासिनो रोयल र सोल्टी होटलमा रहेको क्यासिनो माजोङमा नेपालीको भिड लाग्न थालेको छ । ६ महिना यत यी दुई क्यासिनोमा नेपालीका भिड लाग्न थालेको हो । क्यासिनो रोयल अनिश शर्मा भन्ने गोकर्ण लामिछाने र माजोङ क्यासिनो विनोद श्रेष्ठले चलाई रहेका छन् । केही समय अगाडि नेपाली प्रेवेशको विषयलाई लिएर माजोङका श्रेष्ठ कानुको फन्दामा परिसकेका छन् ।

नक्कली भारतीय परिचय पत्र बनाएर श्रेष्ठ र शर्माले नेपाली जुवाडेलाई जुवा खेलाउदै आएका छन् ।यी सव कुराको सुराक पाएको प्रहरी भने मुकदर्शक बनेको छ । क्यासिनो छिर्दा प्रहरी विवदमा अउने भन्दै प्रहरी क्यासिनोमा छापा मार्न पछि सर्दे आएको छ ।जनप्रहार साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्