Logo

नेपाली काँग्रेसको अन्तर्राष्ट्रिय सम्बन्ध सून्य जस्तै छ- सुजाता कोइराला



काठमाडौं, २२ पौष । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला स्पष्ट बोल्छिन् । निडर स्वभावकी कोइराला पार्टी सभापतिको कार्यशैलीप्रति प्रश्न गर्छिन् । सभापतिले जिम्मेवार ढंगले काम गर्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध सून्य जस्तै भएको बताउँछिन् । कोइरालासँग ऋषि धमलाले गरेको कुराकानीः
केन्द्रीय समितिमै बसेर समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा तपाईं हो ?
केन्द्रीय समितिभित्रै बसेर छलफल गर्ने लड्ने भिड्ने गरी शेरबहादुरजी एक्लै निर्णय गर्न दिनुहुँदैन थियो भन्ने मेरो भनाइ हो । त्यो दिन म थिइनँ त्यसैले वातावरण कस्तो थियो थाहा भएन ।
रामचन्द्रजीले बैठक वहिष्कार गर्नुहुँदैन थियो हो ?
रामचन्द्रजीले मात्रै होइन पूरै समूहले नै बहिष्कार गरेको छ । शेरबहादुरजी पनि अरुका कुरै नसुन्ने । आपूmलाई कुरा मात्रै एकलौटी ढंगले गर्ने गर्नुहुन्छ । अल्पमतको पनि त कदर हुन्छ नि, लोकतन्त्रमा । नत्र चुनाव लड्ने किन चुनाव जितेकाले बहुमतको आधारमा सबै काम गरे भइहाल्यो नि । अल्पमतभित्र पनि पार्टीको हितको लागि सुझावहरु दिन सक्छ । उसको पनि डिग्निटी र स्थान हुन्छ । उसले पनि भोट पाएरै जितेको हुन्छ ।
कांग्रेसमा पार्टी सभापति सर्वेसर्वा होइन ?
पार्टी सभापति गिरिजाबाबु पनि हुनुहुन्थ्यो । उहाँले कहिल्यै अल्पमतका कुरा नसुनी सर्वेसर्वा रुपमा एकलौटी गर्नुभएन । त्यतिबेला शेरबहादुरजीलाई पनि समेटेर अगाडि बढ्नुभएको थियो । हो, सभापतिले गर्न सक्छ । तर, सभापतिले सबैलाई मिलाएर लान पनि सक्नुपर्यो नि । यसले झन् विकृति ल्यायो पार्टीमा ।
सुरुदेखि तपाईंहरुले सभापतिलाई असहयोग गर्दै आउनुभयो नि ?
त्यस्तो असहयोगै कसैले गरेको छैन ।
अहिले असफल पार्ने रणनीतिमा हुनुहुन्छ तपाईंहरु ?
शेरबहादुरजीलाई असफल पार्ने रणनीतिमा लागेको होइन । तर, उहाँले सधैं बहुमत छ, ‘मेरो त्यसैले मैले एकलौटी रुपमा निर्णय गर्न पाउनुपर्छ भन्ने भावना राख्नुभयो ।
मल्टी पार्टी डेमोक्रेसीमा बहुमतलाई त मान्नुपर्छ नि ?
हो, मल्टी पार्टी डेमोक्रेसीमा बहुमतलाई पनि मान्नुपर्छ । फेरि त्यसमा अल्पमतको पनि कुरा सुनिन्छ । अल्पमत भन्दैमा पेल्न मिल्दैन ।
जहिले पनि काम गर्न नदिएर अनिर्णयको बन्दी बनाउनुभयो नि तपाईंहरुले ?
काम गर्दै जाँदा कहींकतैबाट त्यस्तो भएको छ भने गर्नुहुँदैन । शेरबहादुरजीले एकलौटी रुपले दुई÷तीनवटा निर्णय गर्नुभएको छ । त्यसमा असन्तुष्टि छ, सबै बसेर छलफल गरेर निर्णयमा पुग्नुपर्छ । हामीलाई पनि राखेको भए साच्छी पनि हुन्थ्यौं । किन कतिपय कुरामा शेरबहादुरजी र रामचन्द्रजीहरु बसेर निर्णय गर्नुहुन्छ । एउटाले यस्तो भयो भन्छ, अर्कोले अर्कै भनेको बाहिर आइरहेको हुन्छ हामीलाई थाहा हुँदैन । रामचन्द्रजी जाँदा पनि टिमसँग सल्लाह गरेर लिएर जानुभयो भने सुझाव पनि दिन सकिन्छ । त्यसमा कमीकमजोरी छन् ।
आगामी दिनमा केन्द्रीय समितिमा सहभागी हुने कि नहुने ?
यसमा मेरो सुझाव के छ भने, ‘शेरबहादुरजीले केन्द्रीय कार्यसमितिको बैठकमा सबैलाई बोलाउनुपर्छ ।’
केन्द्रीय कमिटिमा आउनुहोस् भनेर रामचन्द्रजीलाई घरमै गएर बोलाउनुभयो नि ?
सभापतिले के्रन्द्रीय समितिमा आउनुहोस्, ‘म मिल्न/मिलाउन तयार छु’ भन्नुभयो भने जानु पनि पर्छ ।
शेरबहादुर देउवाले बोलाउनुभयो भने केन्दीय समितिमा जानुहुन्छ ?
म जान्छु कि जान्न हामीबीचमा छलफल, सरसल्लाह हुन्छ ।
तपाईं चाहीं आउनुहोस्, गिरिजाप्रसादको छोरी हो, पार्टी मिलाउनुपर्यो भन्नुभयो भने के गर्नुहुन्छ ?
उहाँले त्यसरी आग्रह गर्नुभयो भने म जान्छु । पार्टी मिलाउने पक्षमा सहयोग गर्छु । यो आन्तरिक कुरालाई यति ठूलो विषय बनाएर बाहिर ल्याउनु हुँदैन थियो । विवाद गाउँ–गाउँमा पुगिसक्यो, यसले पार्टीको लागि राम्रो भएन । आउँदो चुनावमा पनि यसको असर पर्छ । यसको समाधान वार्ताबाटै गर्नुपर्छ ।
नेपाली कांग्रेस त गाउँदेखि केन्द्रसम्म विभाजित छ नि ?
त्यसलाई दुवैपक्ष बसेर मिलाउनुपर्छ ।
कसरी मिलाउने ?
अहिलेसम्म स्पष्ट रुपमा एउटा हाम्रो, एउटा शेरबहादुरजी गुट छ । यी दुवै छुट्टाछुट्ट चुनाव लडे भने कुनै पनि जित्दैनन् । सभापति भएर बसेर मात्रै हुँदैन होला । आम चुनाव, स्थानीय चुनाव पनि जित्नुपर्ला । त्यो जित्नलाई मिल्नुपर्छ होला नि । पार्टी बँचाउन पनि इगो त्याग्नुप¥यो । सधैं इगो लिएर, ‘म जान्न, गर्दिनँ’ भन्नुपनि भएन नि । नेपाली कांग्रेसले पद त्यागेर भएपनि पार्टी बचाउनेतिर लाग्नुपर्छ ।
तपाईंहरु त समानन्तर कांग्रेस बनाएर गइसक्नुभयो नि ?
त्यस्तो हिसाबले कोही गएको पनि छैन, र जानेवाला पनि छैन ।
देशैभर भातृ, भगिनी संस्थाहरुमा समानन्तर संगठन भइसके ?
सबै भ्रातृ, भगिनी र सुभेच्छुक संघ, संगठनहरुको समयमा चुनाव गर्नुपर्ने थियो । यो सबैमा चुनाव नभएकै कारणले समस्या आएको हो । आपूmअनुकूल विधान परिवर्तन गरिरहने हो भने पार्टी चल्न सक्दैन । विधानको ‘बाउन्ड्री’ र अनुशासन भित्र रहेर पार्टी चल्नुपर्छ । जो–जो सभापति हुन्छ, उसले आपूmअनुकूल विधान परिवर्तन गर्दै जाने हो भने पार्टी कमजोर हुन्छ । कन्फिडेन्सको खडेरी भएका नेताहरुले बारम्बार विधान नाघेर पार्टी कब्जा गर्न खोज्छन् ।
दुवैपक्ष अहिले आ–आफ्नै ठाउँबाट पार्टी कब्जा गर्ने रणनीतिमा लागेको हो ?
चुनावमा एउटै मात्रै त लड्दैन । त्यसमा टिम हुन्छ, गुट पनि हुन्छ । तर, मैले कांग्रेसभित्र यत्रो विभाजन होला भनेर कल्पना पनि गरेको थिइँन ।
अहिले कांग्रसभित्र गुट र विभाजनको महारोगै भयो नि ?
यसलाई त जिल्ला–जिल्ला, गाउँ–गाउँमा गएर ‘बरु मैले पद त्याग्छु, तर, तपाईंहरु मिल्नुस’ भन्नुपर्छ । नेपाली कांग्रेसले साँच्चिकै गुटलाई त्यागेर गयो भने सबै ठाउँमा चुनाव जित्छ ।
नेताहरुमा पदको होडवाजी छ, कार्यकर्तामा निराशा छ, तिनैतहमा कम्युनिस्टको सरकार छ, अनि कसरी चुनाव जित्नुहुन्छ ?
त्यसैले त नेपाली कांग्रेस जस्तो यत्रो इतिहास बोकेको पार्टी । आपसी झगडामा रुमलिएर बस्नुहुँदैन । देश कता जाँदैछ, त्यतातिर सोच्नुपर्यो । यो पार्टीमा रामचन्द्रजी, शेरबहादुरजी लगायत सबै नेताको ठूलो लगानी छ । हिजो दिन रामचन्द्रजी, शेरबहादुरजीले जेलनेल भोग्नुभएको छ । त्यस्तो इतिहास बोकेको व्यक्तित्वले त्याग गर्न पनि सक्नुपर्छ ।
विधानमा त सभापतिले दुई महिनाभित्र विभाग गठन गर्न सक्नेछन् भन्ने छ नि ?
त्यसमा चलाखी पनि हुनुपर्छ नि । गिरिजाबाबुले के गर्नुहुन्थ्यो, पहिला सबैसँग छलफल र रायले लिएर फाइनली निर्णय गरी सबैलाई सन्तुष्ट बनाएर जानुहुन्थ्यो । कतिपय कुरामा आफ्नो निर्णय भएपनि पहिला फरक मत राख्नेलाई मान्यता दिएपछि रिसाउँदैनन् नि । बहुमत भएपछि जे गर्दा पनि हुन्छ, भनेर विस्थापित गरेपछि रिसाउँदैनन् । अहिले आएर यत्रो विभाग किन चाहियो ? जहाँ कम्युनिस्टहरुसँग लड्नुपर्ने त्यहाँ न नेविसंघ एक छ, न तरुण दल एक छ । त्यस्ता ठाउँमा त सभापति भएपछि मिलाउनुपर्यो नि । मिलाउन सक्नुहुन्न उहाँको कमजोरी त्यहाँनेर देखिन्छ । कार्यकाल सिद्धिनेबेला यत्रो विभाग गठन गरेर भद्रगोल बनाएर के काम लाग्यो ।
तपाईं पनि परराष्ट्र विभाग प्रमुख बन्ने चाहनामा हुनुहुन्छ नि ?
मलाई परराष्ट्र प्रमुख बनेर काम गर्ने जहिले पनि इच्छा लाग्छ । मेरो अन्तर्राष्ट्रिय रिलेसन बनाउने, काम गर्ने अनुभव पनि छ । मैले पहिला पनि भनेको थिएँ, मलाई परराष्ट्र विभाग दिनुस् भनेर । त्यतिबेला मलाई बनाएको भए राम्रो गर्थे जस्तो लाग्छ । अहिले हाम्रो भारतसँग सम्बन्ध चिसिएको छ । अन्य मुलुकमा पनि त्यस्तै छ । कसैसित नेपाली कांग्रेसको सम्बन्ध राम्रो छैन, अन्तर्राष्ट्रिय रुपमा । मैंले शेरबहादुरजीलाई सहयोग गर्ने थिएँ नि त । म भारत जान्थेँ, अब अहिले गएर के गर्नु मसँग कुनै पद छैन, कसैले भेट्दैन । मसँग पद भए, त्यहाँका लिडर्सहरुलाई भेट्ने थिएँ, सम्बन्ध बनाउने थिएँ । त्यसले त सभापतिलाई नै फाइदा हुन्थ्यो नि । अहिले नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय सम्बन्ध सून्य भएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्धमा कांग्रेस किन चुक्यो ?
गिरिजाबाबुको पालामा त्यति राम्रो अन्तर्राष्ट्रिय सम्बन्ध बनेको पार्टी अहिले आएर पुरै लोकल पार्टीजस्तो भइसक्यो । अब पार्टीलाई अगाडि बढाउने हो भने नयाँ पुस्तालाई दिनुपर्छ ।
अहिले कांग्रेस र कम्युनिस्ट मिलेर भ्रष्टाचार गरिरहेका छन् भन्छन् नि सही हो ?
मसँग त्यस्तै ठ्याक्कै प्रमाण त छैन, तर मुलुक भ्रष्टाचार चरमसिमामा पुगेको छ । अहिलेको जस्तो भ्रष्टाचार नेपालको इतिहासमा कहिल्यै थिएन । अझ मलाई सबैभन्दा अचम्म त निर्मला हत्याकाण्डको लाग्छ । त्यत्रो रेप केशको बारेमा अहिले कोही बोल्दैन । त्यसको दोषीलाई सरकारले जनतासामु ल्याउनै पर्छ । यो त ठूलो क्राइम हो । एउटा महिलालाई रेप गरेर हत्या गर्नु यो जति ठूलो क्राइम के हुन्छ ?
यो सरकारलाई काम गर्ने अवसर छैन ?
यो सरकारले ठूलो अवसर पाएको हो । तर, किन काम गर्न सकेन अचम्म लाग्छ ।
भारतसँगको सीमाविवाद किन समाधान हुन सकेन ?
अहिले विवादमा आएको कालापानी, लिम्पियाधुरा र लिपुलेकको बारेमा दुई देशबीच पहिला सिरियस छलफल हुनुपर्छ । द्वीपक्षीय वार्ताबाट धेरै कुरा गर्न सकिन्छ । चीनले पनि कतिपय आयरल्यान्डहरु लिजमा लिएको छ । अमेरिकाले पनि लिएको हुन्छ । त्यसको लागि पैसा तिरेको हुन्छ । त्यो मुलुकको लागि आयस्रोत बन्छ । लिम्पियाधुरामा चाइना र भारतले व्यापार गर्ने चाहना छ भने राम्रो हो । त्यसमा नेपाललाई पनि समावेश गराउनुपर्यो नि त्यो व्यापारमा । हाम्रो भूमि प्रयोग गरेमा नेपाललाई कर पनि तिर्नुपर्यो । यसमा छलफल भए केही सहमति गर्न सकिन्छ, नसकिने होइन ।
पछिल्लो समय भारतले कालापानी हाम्रो हो भनेर दावी ग¥यो नि ?
भारतले किन त्यसो गरिराखेको भनेर मैंले पनि बुझिराखेको छैन । त्यो त छलफलबाटै थाहा हुने हो । त्यसमा कुटनीति संवाद गर्न सरकार पनि लागिरहेको छ ।
नेविसंघले विरोध प्रदेर्शन गर्यो नि ?
यसमा विरोध गरेर, कराएर केही पाउनुभयो ? पाइएन नि । यसको लागि कुटनीतिक छलफल नै गर्नुपर्छ । त्यसमा नेपाली कांग्रेसले पनि छलफल र संवादको पहल गर्नुपथ्र्यो । जसरी बंगलादेश र भारतबीच छलफल गर्यो, वीन, वीन भयो, हामीले पनि वीन, वीन गर्न सक्छौं नि ।
कालापानीबाट भारतीय सुरक्षा फौज फिर्ता गर्न सकिन्छ ?
फिर्ता गराउने सबै मिलेर प्रयास गरौं । नत्र अरु विल्पहरु पनि छन् ।
अरु विकल्पहरु के हुन सक्छन् ?
उनीहरुले प्रयोग गर्छन् भने हामीले लिजमा दिन सक्छौं । त्यसको लागि वर्षको यति भनेर सहमति हुनुपर्छ । त्यो उनीहरुलाई नभई हुँदैन भने अर्को जमीन लिन सक्छौं । राम्रो जमीन जुन नेपाललाई फाइदा हुन्छ । हामीसँग समुद्र छैन, त्योसँग जोडिने खालको भूमि माग्न सक्छौं । यस विषयमा हाम्रो पार्टीले हामीसँग छलफल गर्दैन । यो मैले आफ्नो सानो बुद्धिले सोचेको कुरा हो । सबै बसेर छलफल गर्दा न ठूलो बुद्धि आउँछ, यो मैले अरु देशको हेरेर भनेको । तर, आगो बालेर, झगडा गरेर चाहीं समस्या समाधान हुँदैन । वार्ताबाट चित्त बुझाएर आफ्नो भूमि लिनुपर्छ ।
त्यसोभए ओली र मोदी मिलेर समाधान गर्ने हो ?
हो, वार्ता र छलफलबाटै समाधान गर्नुपर्छ । त्यसमा सरकारले के गर्न खोजिराखेको हामीलाई पनि राख्दा हुन्छ । त्यहाँ हामीले पनि आफ्ना आइडियाजहरु दिन पाउँ । त्यसमा नेपाली कांग्रेसको पनि उपस्थिति होस् ।-File Photo



प्रतिक्रिया दिनुहोस्