Logo

निर्णय सच्याउन देउवा तयार



काठमाडौं, २३ पुस । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीमा देखिएको विवाद समाधान गर्न तयार भएका छन् । असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सभापति देउवा लचक भएका हुन् । असन्तुष्ट पक्षको दबाबपछि सभापति देउवा पुस ११ को केन्द्रीय कार्यसमितिको निर्णय सच्याउन तयार भएको उनी निकट नेताहरुले बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले १४ औं महाधिवेशन कार्यतालिका सार्वजनिक, क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा निलम्बन र विभाग संख्या बढाउने निर्णय सच्याउनुपर्ने अडानमा देउवा सकारात्मक देखिएका हुन्।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्