Logo

देशभरको तापक्रम घट्यो, पुनः हिमपात सुरु



काठमाण्डौं, पुस २३ । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । मौसमविद्का अनुसार अहिले उत्तरी क्षेत्रबाट हावा चलिरहेकाले काठमाण्डौसहित धेरै ठाउँमा चिसो बढेको छ ।

मंगलबार दिउँसोसम्म मौसम केही सफा रहे पनि रातिदेखि भने बदली भएको छ । सोमबार राति पश्चिमी न्यून चापीय प्रणाली पश्चिमी क्षेत्रबाट चिसो नेपाल प्रवेश गरेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यहि प्रणालीका कारण उच्च पहाडी र हिमाली जिल्लामा फेरि हिमपात सुरु भएको छ ।

यस्तै पश्चिका केही ठाउँमा वर्षासमेत भईरहेको छ । तराईमा बाक्लो हुस्सु र शितलहरका कारण जनजिवन प्रभावित भएको छ । विभागले विहिवारसम्म हिउँ पर्न सक्ने भएकाले चिसो अझै बढ्ने जनाउदै चिसोबाट बच्न समेत अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot