Logo

बाल यौन दुराचारी छुटाउन ‘कूटनीतिक दौडधुप’



काठमाडौँ, २३ पुस । बाल यौन दुराचारको मुद्दामा २१ महिनादेखि काभ्रे कारागारमा रहेका क्यानेडियन नागरिक पिटर डलग्लिसको पक्षमा सुनुवाइ गर्न क्यानडा सरकारले ‘कूटनीतिक सक्रियता’ देखाएको छ । दिल्लीस्थित क्यानडेली उच्चायुक्त कार्यालयमार्फत क्यानडाको विदेश मन्त्रालयका उच्च पदस्थ कर्मचारीले ‘अस्वाभाविक कूटनीतिक सक्रियता’ देखाएका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ०७४ चैत २४ मा काभ्रेको मण्डन देउपुर नगरपालिका–१ स्थित घरबाट पिटरलाई दुई बालकसहित पक्राउ गरेर मुद्दा चलाएको हो । उक्त मुद्दामा २३ असारमा जिल्ला अदालत काभ्रेले अभियुक्तलाई नौ वर्ष कैद सजाय फैसला गरिसकेको छ । अदालतको फैसलाविरुद्ध पिटर पाटन उच्च अदालत गएका छन् । हाल बहस जारी रहेका बेला अभियुक्तका पक्षमा अनावश्यक कूटनीतिक सक्रियता देखिएको हो ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्