Logo

लाइसेन्स खारेजीबाट जोगिए स्मार्ट र हेलो नेपाल



काठमाडौं, पुस २३ । बक्यौता रकम तिर्न नसकेपछि लाइसेन्स खारेजीतर्फ धकेलिएका दुई दूरसञ्चार सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकम र हेलो नेपालको अनुमतिपत्र खारेजी गर्ने निर्णय कार्यान्वयन तत्कालका लागि बचेको छ ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकको निर्णय भई खारेजीको निर्णय तत्काल कार्यान्वयन नगर्ने अर्को निर्णय गरेको छ । तत्कालका लागि अवसर दिँदै मन्त्रीपरिषद्ले खारेज नगर्ने निर्णयसँगै दुवै कम्पनी खारेजीबाट जोगिएका छन् ।

मन्त्रिपरिषद् बैठकले बक्यौता तिर्न दुवै कम्पनीलाई किस्तावन्दी सुविधा दिने निर्णय गरेर प्राधिकरणको खारेजीको निर्णयलाई उल्ट्याएपछि कम्पनीहरु खारेजीबाट बचेका आजको कारोबार दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot