Logo

इरानको मिसाइल आक्रमणको असरः तेल र सुनको मूल्य बढ्यो, युरोको तुलनामा डलर खस्कियो



इरानले बुधबार विहानै इराकस्थित अमेरकी सैन्य अखडामा मिसाइल हमला गरेपछि तेल र सुनको मूल्यवृद्धि भएको छ । दुई देशबीचको तनावले मध्यपूर्वमा अशान्ति छाएको छ । यसले तेलको मूल्य अझ वृद्धि हुने अवस्था बनेको छ ।

कच्चा तेलको मूल्य झण्डै दुई डलर प्रति ब्यारलका दरले वृद्धि भएको छ । तेलको मूल्य प्रति ब्यारले ७२ डलर नजिकै पुगेको छ । मध्यपूर्वमा तनावसँगै तेल उत्पादन घट्ने अवस्था बनेबाट विश्व बजारमा मूल्य बढेको हो ।

तनावसँगै लगानीकर्ताहरुले सुनमा लगानी बढाउन पुगेका छन् । सुनको मूल्इ पनि झण्डै दुई प्रतिशतका दरले बढेको छ । सुनमा लगानीलाई सुरक्षित मानिन्छ ।

एशियाका शेरयबजारमा असर पुगेको छ । एशिया र अष्ट्रेलियामा समेत शेयर बजारमा गिरावट आएको छ । जापानी यान बलियो भएको छ । अमेरिकी डलर यान र युरोको तुलनामा कमजोर बनेको छ । युरो भने उकालो लागेको छ । –एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्