Logo

बोधिश्रवण धर्म संघ गुरुबाट ३ सय ८३ जना बोधि मार्ग दर्शन मैत्री धर्मको मैत्रीय भाषामा दिक्षित (विज्ञप्तीसहित)



काठमाडौं, २३ पुष । बोधिश्रवण धर्म संघ गुरुज्यूबाट प्रथम चरणमा ६ महिने लामो प्रशिक्षणमा ३ सय ८३ जना महा मा आत्मा तथा मा आत्मा गुरुज्यूहरु (अथोअहस र ठपोवहरु) बोधि मार्ग दर्शन धर्मको मैत्रीय भाषामा दिक्षित भएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलनको आयोजना गरेर उक्त जानकारी जगतसमक्ष प्रस्तुत गरेको हो । संघद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ,‘महा सम्बोधि धर्म संघ गुरुज्यूको महा तपबाट प्रतिपादित“बोधि मार्ग दर्शन मैत्री धर्म”कोतत्व ज्ञान,विधि विधान, पुजा आजा का सम्पूर्ण नीति नियमहरु सयौंको संख्यामा महा मा आत्मा तथा मा आत्मा गरुज्यूहरु (अथोअहस र ठपोवहरु)लाई उहाँ गुरुज्यू स्वयंबाट नै श्रृजित मैत्री भाषामा ६ महिना लामो प्रशिक्षण मिति २०७६ पौष १९ गते तदनुसार सन २०२० जनवरी ४ मा प्राप्त गरी सम्पूर्ण मानव जगत र पुरै अस्तित्वको मुक्ति र मोक्षको मार्ग अब कुनैपनि अवरोधबाट मुक्त स्वाभाविक गतिमा सम्पूर्ण मानव जगत र पुरै अस्तित्वमा समाहित रहेर अगाडी आइरहेको यस अद्भूत परिघटना जो नेपाल र नेपालीको गौरब पूर्ण तथा स्वर्णीम इतिहास बोधिश्रवण धर्म संघ आज सगर्व घोषणा गर्न पाउंदा हर्ष ब्यक्त गर्दै सम्पूर्ण मानव जगतलाई यसबाट लाभलिन मैत्रीय आह्वान गर्दछ ।’

कार्यक्रममा संघका सचिव भूमिनन्द देवकोटाले प्रेस वक्तव्य वाचन गरेर सुनाएका थिए । उक्त विज्ञप्तीमा थप भनिएको छ,‘आजको यस मैत्री यपरिवेशमा यस धरामा जे जति धार्मिक पथहरु र तिनका धर्म गुरुहरुलाई स–सम्मान सत्यको कठीन पूर्ण यात्रामा सरिक हुन विलम्व नगर्न समेत हाम्रो अपिल छ, किनकि सत्य ढिलो चाँडो स्थापित भएरै छाड्ने कुरा यहा“हरु सबैलाई ज्ञात नै छ । सत्य उजागर भैसकेको तथ्यबाट विमुख बस्ने हठ धर्मिताले कुनै पनि समय आÏनै बिगतले किचेर थला पर्नु नपरोस भन्ने कुरा समयमा नै सूचित गर्नु कर्तब्य भएकोले मैत्रीपूर्ण आग्रह गरेका हौं ।’

यस समाज र विश्व जगतकासामु बिशेष गरी सञ्चार माध्यमहरू नै आजको युगका सत्य द्रष्टा एवं सम्प्रेशक रहेको संघको विश्वास छ । संघले थप भनेको छ,‘ती खास सतिसालहरुलाई हामी यो दुर्लभ घडीमा सम्मान ब्यक्त गर्दै सत्यको कलम नै चीरकालसम्म जिवित रहने हाम्रो विश्वास, साथ र एक्वेबद्घता सदाभैंm प्रष्ट गर्न चाहन्छौं । फेरि पनि सत्यको तेजोबध गर्ने धुत्र्याईं पूर्ण माखे जाल थाप्ने काम बहुसंख्यक जनमनको उपेक्षा गर्दै महा सम्बोधि धर्म संघ गुरुज्यू समेतलाई जोडेर उहा“को जन्मस्थल बुङजोर, बारामा मञ्चन कोशिस भएको मा हामी सदा भैंm मैत्रीपूर्ण, सम्यमित र धैर्यतालाई थप स्थापित गर्दै त्यस्ता कुत्सित मनसायहरु मार्पmत देशमा मच्चाउन खोजिएको वितण्डताको हामी पक्षमा छैनौ र समयमा यसबाट श्रृजना हुनसक्ने कुनै पनि स्तरको ब्यथिति सम्बन्धित प्रशासनिक निकायबाट सत्यतथ्यको खोजी गरी समाधान गरियोस हाम्रो आग्रह छ,अन्यथा सत्यको मार्गमा आइपर्ने जुनकुनै खालका भ्रमहरुको निवारण गर्न हामीलाई रहर नभइ बाध्यता हुनेछ ।’

संघका अध्यक्ष थिङको नाममा जारी विज्ञप्तीमा थप उल्लेख गरिएको छ,‘अन्तमा महा सम्बोधि धर्म संघ गुरुज्यूको कृपापूर्ण धार्मिक अनुष्ठानबाट सम्पादीत यस महान कार्यका लागि उहा“ गुरुज्यूमा बिशिष्ट आभार, कृतज्ञता ब्यक्तगर्दै,यहा“हरु आजको युगका सत्य द्रष्टा एवं सम्प्रेशक पत्रकारज्यूहरु मार्पmत सम्पूर्ण मानव जगतलाई बोध गर्न,जागरुक रहन, मुक्तिमोक्षको सेतु पार गर्न बोधिमार्ग दर्शन मैत्रीधर्मको मार्ग मैत्रीय भाषामा उपलब्ध भएको र तिनका लागि अगुवा महा मा आत्मा र मा आत्मा गुरु हरु लामबद्ध र उपलब्ध रहेको कुरा यति वेला पुनःसहर्ष जानकारी गराउन चाहन्छौं । तसर्थ, बोधि मार्ग दर्शन मैत्री धर्मको महा सागरमा स्नान गरी सम्पूर्ण भव सागरबाट मोक्ष, मुक्तिको महा यात्रामा लामबद्ध हुन यस दुर्लभ तर सुगम सु—अवसरमा सबैलाई मैत्रीय आमन्त्रण र स्वागत गर्न चाहन्छौं ।’

पत्रकार सम्मेलनको सञ्चालन भने संघका केन्द्रीय सदस्य मैत्रीय छत्रबहादुर घिसिङले गरेका हुन् । पत्रकार सम्मेलनको सभापतित्वमा संघका केन्द्रीय अध्यक्ष मैत्रीय निल बहादुर थिङले गरेका थिए । कार्यक्रममा संघका केन्द्रिय समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु र संघ, भक्त, अनुयायी र धर्मप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्