काठमाडौं, २३ पौष । नेपाली कांग्रेस नेता सुरेन्द्र पाण्डे सभापति शेरबहादुर देउवाका निकटस्थ हुन् । उनले देउवाले कतिपय निर्णयहरु सच्याउन तयार भएको खुलासा गरेका छन् । पाण्डेसँग ऋषि धमलाले गरेको कुराकानीः
कांग्रेस जिल्ला सभापतिहरुको भेला जारी छ ?
यो भेला होइन । कांग्रेस जिल्ला सभापतिको परामर्श बैठक बोलाउनुभएको हो, वरिष्ठ नेता रामचन्द्र पौडेलले ।
यस अरुले त असन्तुष्ट पक्षको भेला भनेका छन् नि ?
कसले के भन्यो, त्यो मलाई थाहा भएन । ब्यानर पनि टाँगिएको रहेछ, त्यहाँ परामर्श बैठक भनेर लेखिएको छ । स्वयं मैंले पनि वरिष्ठ नेतालाई भेट्न जाँदा उहाँले यो भेला होइन । मैले पार्टीको पछिल्लो अवस्थालाई हेरेर जिल्ला सभापतिहरुको परामर्श लिनको लागि बैठक बोलाएको हुँ । यो कुनै भेला पनि होइन खाली एउटा परामर्श र सल्लाहको लागि बोलाएको हो, भन्नुभएको छ । अब हरुले भेला भन्लान के भन्लान् मलाई जे वरिष्ठ नेतो भन्नुभयो त्यही तपाईंलाई भनेँ ।
जिल्ला सभापति बैठक तपाईंहरु किन जानुभएन ?
त्यहाँ हामीलाई बोलाएकै छैन । जिल्ला सभापतिहरुलाई मात्रै बोलाएको हो ।
होइन, जिल्ला सभापति र केन्द्रीय सदस्य सबैलाई बोलाइएको थियो ?
मलाई बोलाएकै छैन ।
तपाईंलाई निम्ता आएन ?
बोलाइएको छैन, जति पनि केन्द्रीय सदस्यहरु जानुभएको छ । म पनि तपाईंहरुको साथमा छु है भनेर जानुभएको हो । उहाँहरुलाई पनि बोलाएको होइन ।
परामर्श बैठक निष्कर्ष निकालिइँरहँदा सबै सभापतिहरु किन गएनन् ?
मेरो निष्कर्ष होइन । मलाई त वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नुभएको हो । सभापतिहरुलाई मात्रै बोलाइएको हो । सबै सभापतिहरु किन आएनन् त्यो चाहिं उहाँले भन्नुपर्यो । अघि तपाईंले भनेजस्तै केन्द्रीय सदस्यलाई बोलाउनुभएको थिएन ।
शेरबहादुर देउवा महाधिवेशनको कार्यतालिका सच्याउन तयार हुनुहुन्छ ?
अस्ति जस्तो डेढलक जस्तो पनि भयो । जिल्लाका पार्टी सभापतिजीहरुलाई बोलाइयो भन्ने हल्ला आयो । त्यसपछि के रहेछ भनेर सभापतिलाई पनि भेटौं वरिष्ठ नेतालाई भटौं भनेर गएका थियौं । वरिष्ठ नेताले त्यही भन्नुभएको छ । सभापति शेरबहादुर देउवाले चाहीं ‘मैले मिलाउन भनेर धेरै कोसिस गरेँ एकपक्षीय साथीहरु केही नआएपछि मैंले केही निर्णय गरेको हो, महाधिवेशनको डेट तलमाथि गर्ने बाहेक । अरु कतिपय कुरा जुन आवश्यक छैन भने अथा कतिपय निलम्बन भएका धाराहरु निलम्बन गर्नुनपर्ने हो भने त्यसमा छलफल गर्न तयार छु भनेर सभापतिले भन्नुभएको छ । महाधिवेशनको तोकिएको मिति २०७७ साल फागुन ७, ८ र ९ तोकिएको छ । त्यो नबिग्रिने गरी अरु विषयमा बसौं छलफल गरौ भन्नुभएको छ ।
कार्यतालिका सच्याउन संस्थापन पक्ष तयार भएको हो ?
मैले भनिसकेँ नि जसरी २०७७ साल फागुन ७, ८ र ९ तोकिएको छ । त्यो परिवर्तन नहुने गरी पार्टीबीचका तलमाथि भएका कामहरुमा सच्याउन सभापति तयारी हुनुहुन्छ ।
के के विषयमा छलफल गर्दा तपाईंहरु सच्याउन तयार हुनुहुन्छ ?
केही निलम्बन भएका धाराहरु, अभिवेशन समयमा सम्पन्न गर्न केही काम हरु, सदस्यताका कुरा, नविकरणका कुरा आदिमा बसेर छलmल गर्ने भन्नु भएको भन्नुभएको छ । महाधिवेशनको मितिबाहेक अरु जेमा छलफल गर्न तयार हुनुहुन्छ सभापति ।
आन्तरिक द्वन्द्वले कांग्रेस पार्टीको हविगत कहाँ पुर्याउँछ ?
तपाईंले भनेको कुरा सही हो । हाम्रा कार्यकर्ता, सुभेच्छुक र जनतामा ती कुराहरु परेका छन् । जुन बेलासम्म नेताहरु जुँगा लडाइमा हुनुहुन्थ्यो त्यो बेलासम्म ठिक थियो । पछिल्लो समय जब जिल्लासभापतिहरु पनि भेटघाट गर्न आए । नेताहरु जिल्ला पनि गए त्यसपछि सबै नेताहरुले अब हामी यसरी गयौं भने कांग्रेसको लागि घातक छ भन्ने कुरा आभास भएको छ । त्यसकारणले पनि हामी लिनबिन्दुमा पुग्छौं भन्ने विश्वास बढेको छ ।
पार्टी सभापति गुटको नेता कसरी बन्नुभयो ?
त्यतातिर लाग्ने हो भने फेरि पुराना कुरा बढाउनुपर्ने हुन्छ । तर यसमा एउटाले अर्कोलाई दोष दिएर उम्किने ठाउँ छैन । ठीक सभापतिजीले पनि केही कुरा समायमा मिलाउन सक्नुभयो भएन त्यसको बारेमा पनि छलफल हुन्छ । तर, पार्टी भनेको त एउटा पद्धतिमा चल्छ नि । त्यो नै कसैले मान्दिँन भन्नुपनि त ठिक नहोला नि ।
पद्धतिको कुरा गर्दा सभापतिले पनि त्यसको पालना गर्नुभएन नि ? दुई महिनामा गर्ने विभाग गठन चार वर्षपछि गर्न लाग्नुभएको छ नि ?
तपार्इंंले भनेको कुरामा मैले नाइनास्ति गर्ने ठाउँ छैन । कतिपय विधानले दिएका कुराहरु पार्टीले समयमा गर्न कुरा छन् । विभागको मात्रै कुरा नगरौं, कार्यसम्पादन समिति, संसदीय बोर्ड पनि छ । तर, हाम्रोमा कुरा मिल्यो भने विधानका कुरा छोडिदिने, जब कुरा मिल्दैन अनि विधानलाई तेस्र्याउने परम्परा पनि कांग्रेसमा छ । विधानका कुरा गर्ने हो सबै विषयमा विधानलाई टेकेर मात्रै निर्णय गर्नुपर्यो । आपूmलाई चित्त बुझदाको खण्डमा विधानको कुनै आउँदैनन् ।
त्यसो भए तपाईंहरु नेताहरुलाई मिलाउने पक्षमा हुनुहुन्छ ?
पुरै हामी मिलाउने पक्षमा छौं । त्यसको विकल्प पनि छैन । कांग्रेस भएर रहने हो भने ।
तपाईंहरु किन सही सल्लाह नदिएर चाकरी गरेर सभापतिलाई उकास्नुहुन्छ ?
मैंले त एउटाले अर्कोलाई दोष लगाउने काम नगरौं भन्न मात्रै खोजेको हो । अब यसमा कसले के सल्लाह दियो, दिएन त्यो कुरा आफ्नो ठाउँमा छ । मैले यो सल्ला दिएको थिएँ अरुले बिगारे त्यो पनि होइन । कतिपय सभापतिले पाएको अधिकार प्रयोग गर्न पाइएन भन्ने पनि उठेको छ । हामीले गलत सल्लाह दिएर गलत भयो भन्ने होइन । हामीले एउटालाई मात्र होइन, सभापतिजीलाई पनि भनेका छौं । वरिष्ठ नेतालाई पनि भनेका छौं, महामन्त्रीदेखि लिएर सबैलाई हामीले सही सल्लाह दिएका छौं ।- File Photo