Logo

के के पर्छन् कस्मेटिक सर्जरीमा



मानिस सुन्दर बन्न र नमिलेका अंग मिलाउन कस्मेटिक सर्जरी गरिन्छ । अन्य रोगका लागी गरिने रिकन्स्ट्रक्टिभ सर्जरी हो । आँखा, कान, नाक, स्तन र अनुहारमा गरिने कस्मेटिक सर्जरी हो । अहिले कस्मेटिक सर्जरी गरेर राम्रो बन्ने होड देखिन्छ ।

उमेर ढल्किदै जाँदा मानिसको छाला चाउरी पर्दै जान्छ । चाहुरीएको छालालाई कस्मेटिक सर्जरीबाट टाइट गर्न सकिन्छ । यसलाई फेस लिफ्ट पनि भनिन्छ । सर्जरी गरेपछि अनुहार चम्किलो देखिन्छ । अनुहारको सर्जरी मा २० हजार मात्र खर्च लाग्छ ।

आजभोलीका युवा युवतीहरु गालामा डिम्पल बनाउन निकै आतुर देखिएका हुन्छन् । डिम्पलले निकै राम्रो पनि देखाउने गर्छ । मुखभित्र टाँका लगाएर मुखमा डिम्पल बनाउने गरिन्छ ।

आँखाको सर्जरी

कस्मेटिक सर्जरी गरेर चिम्सा आँखालाई गोलो बनाउन सकिन्छ । सानो आँखालाई ठुलो बनाउन पनि सकिन्छ । आँखाको ढकनीको छाला उमेर ढल्किदै गएपछि तल लत्रिएर आँखा हेर्न अफ्ठेरो हुने हुनाले समेत यो सर्जरीले सहयोग गर्नुका साथै नमिलेका आँखा मिलाउन पनि सकिन्छ । आँखामा नदुख्ने सुई लगाएर डेढ घन्टामा नै आँखाको कस्मेटिक सर्जरी गर्दा जोखिम खासै हुदैन । घरमा भने एक हप्ता आराम गनुपर्छ । यो सर्जरी गर्दा आँखा हल्का सुनिनुका साथै तरुन्त बाहिर हिड्न गाह्रो हुने हनाले आराम गर्नुपर्छ ।

नाकको शल्यक्रिया

नाककोृ शल्यक्रिया गर्दा मानिसलाई बेहोस बनाइन्छ । यो अपरेसन गर्दा ३ दिनसम्म अस्पताल भर्ना गर्नुपर्छ । अपरेसन गरेपछि दुई साता घरमा आराम गर्नुपर्छ । व्यक्तिले चाहे अनुसारको नाकको आकार दिन सकिन्छ । नाकको सर्जरीको लागी ५० हजार भन्दा माथी खर्च लाग्छ ।

कानको अपरेसन

नमिलेको कान मिलाउन सकिन्छ । कानको एक देखि डेढ घन्टामा अपरेसन गरेर मिलाउन सकिन्छ । अस्पतालमा भर्ना हुनु पर्दैन । यसको खर्च ३५ देखि ४५ हजार लाग्ने गर्छ ।

स्तन सर्जरी

नमिलेको स्तनलाई मिलाउन सकिन्छ । स्तनको सर्जरी दुई किसिमले गर्न सकिन्छ । एउटा कस्मेटिक र अर्को रिकन्स्टङक्टिभ सर्जरी । स्तनभित्र सिलिकन वा नर्मल स्लाइन राखेर गरिन्छ ।
आफ्नो स्तनको बोसो निकालेर स्तनमा राखेरपनि स्तन ठुलो बनाउन सकिन्छ । स्तनको छालाभित्र आफ्नै शरीरको मासु राखेर पनि स्तनको साइज ठुलो बनाउन सकिन्छ । यस्मा सिलिकन विधि नै प्रयोग गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्