सही तरिकाले कफि पिएमा मानिसहरु धेरै बाँच्न सक्छन् भनेर एक अध्ययनले बताएको छ । कफि पिउनाले राम्रो र नराम्रो प्रभाव पार्ने पनि जनाइएको छ । कफिले कलेजो सम्बन्धी रोेग, कोलस्टोर , क्यान्सर ,अल्जाइमर मधुमेहका प्रकारहरु र छालासम्बन्धि रोगहरुको रोकथाम मा सहयोग गर्ने बताइएको छ ।
यसमा कफिनको मात्रा बढि हुनाले अवस्था हेरेर पिउने गर्नुपर्छ । यदि त्यसो गरिएन भने अनेक रोग निम्तिन सक्छ । यसको धेरै प्रयोगले निन्द्रा नलाग्ने समस्या देखिन सक्छ । गर्भवतीले कफि पिएमा गर्भ नै जानसक्ने र शिशु नै अपरिपक्क जन्मने लगायतका समस्या देखिने हुन्छ ।
हाइपर टेन्सन र अनियमित धड्कनको दर पनि कफिनका कारणले बृद्धि हुन्छ । स्वस्थ व्यक्तिले दैनिक दुई गिलाससम्म कफि पिउनु ठिक हुने र अवस्था प्रतिकुल भएमा कफिन पदार्थबाट बनाइएका कुनै परिकार प्रयोग गर्न हुदैन ।
अत्यधिक कफि पिउनाले यसमा पाइने कफिन पदार्थका कारण पिशाबमा पाइने क्याल्सियमलाई घटाउन सहयोग गर्छ ।