Logo

हेटौंडा राजधानी राख्ने नेकपाको निर्णयमा प्रदेशसभामै अल्पमतमा



काठमाडौं, २३ पौष । नेपाल कम्युनिष्ट पार्टीले प्रदेश तीनको राजधानी वागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपनि त्यसमा बहुमत पनि नपुग्ने भएको छ । नेकपाभित्र पार्टी निर्णयलाई मान्ने पक्षमा दशजना प्रदेशसभा सदस्यसमेत नरहेको बुझिएको छ ।

८० प्रदेशसभा सांसद भएको संसदीय दलको बैठकमा पार्टी अध्यक्षहरुको निर्देशन मान्ने सांसद १० जना पनि निस्किएका छैनन् । यसकारण प्रदेश सदनको कारबाही पछाडि सारिएको छ । पार्टी ह्वीपको उल्लंघन गर्ने चेतावनी प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले दिएकी छिन् । सभामुख सानुकुमार श्रेष्ठ नै पार्टी निर्णयप्रति सन्तुष्ट नभएको बुझिएको छ ।

१० सदस्यीय प्रदेश सभामा हेटौंडाबाट मुख्यमन्त्री डोरमणि पौडेलसहित पाँचजना मात्र छन् । नेकपाका कुल ८० सांसद छन् । तर, राजधानी हेटौंडाको पक्षमा ४० समेत नपुग्ने दुई तिहाईबाट नाम र राजधानी राख्नुपर्नेमा अवस्था प्रतिकूल छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot