रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सिरियाको भ्रमण पूरा गरी टर्की पुगेका छन् । उनी टर्कीमा इस्तानबुलस्थित ग्याँस पाइपलाइन उद्घाटन गर्न पुगेका हुन् ।
टर्कस्ट्रिम नामको ग्याँस पाइपलाइन टर्की, दक्षिणी र दक्षिणपूर्वी यूरोपमा ग्याँस आपूर्तिमा प्रयोगमा ल्याइएको छ । टर्कीमा उनले राष्ट्रपति रिकेप टयीप इरडोगेनसँग भेट गर्नेछन् । भेटमा सिरिया र लिबिया मामलाका बारेमा कुराकानी हुने बताइएको छ ।
पछिल्लो समय रुस र टर्कीबीच निकटता बढेको छ । टर्कीमा रुसको ग्याँस पाइपलाइन संचालनमा छ । त्यहाँबाट दक्षिणी यूरोपमा समेत ग्याँस पुर्याइएको छ ।- एजेन्सी