Logo

राष्ट्रिय सभा सदस्य निर्वाचन–नेकपालाई सहज बाँकीलाई फलामको च्यूरा



काठमाडौँ, २४ पुस । आउँदो माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा अचम्म भएन भने सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विजय पक्का छ । राष्ट्रिय जनता पार्टी राजपा नेपालले सान्त्वना स्थान प्राप्त गर्नेछ ।

विसं २०७४ मा सम्पन्न भएको प्रदेश सभा सदस्य र स्थानीय तहमा निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कुनै चमत्कार भएन भने नेकपाको १६ स्थान र राष्ट्रिय जनता पार्टी दुई स्थानमा विजयी हुनेछन् । राजपा नेपालको दुई स्थान कायमै रहेमा नेकपाले हालको नौ स्थानबाट आठ थपेर १६ स्थानमा जित्न सक्ने दलीय मतदाताको तथ्याङ्क छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहितका अन्य दलको यस निर्वाचनमा विजयी हुने अवस्था छैन ।

प्रदेश सभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्पmका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कुल दुई हजार ५६ जना मतदाता छन् । सातवटा प्रदेशमा महिला समूहतर्फ सात, दलित समूहतर्फ दुई, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ दुई र अन्य समूहतर्फ सात गरी जम्मा १८ रिक्त पदका लागि मतदान हुँदैछ । मतदान हुँदा उम्मेदवारको नाम र दलको निर्वाचन चिह्न भएको मतपत्र हुने जानकारी निर्वाचन आयुक्त नरेन्द्र दाहालले दिए ।

गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot