Logo

एसएसपीको निगरानी गर्न एसपीको कमाण्ड



काठमाडौं, पुस २४ ।महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले काठमाडौंका तीनवटै जिल्ला प्रहरी कार्यालयको निगरानी गर्न विशेष टोली गठन गरेको छ। एसएसपीको कमाण्डमा रहने महानगरीय प्रहरी परिसर निगरानी गर्न एसपीको कमाण्डमा विशेष टोली गठन गरेको हो।

काठमाडौँ र ललितपुर परिसरमा एसएसपीको कमाण्ड रहेको छ। भक्तपुर जिल्ला प्रहरी कार्यालयको प्रमुख एसपी रहेका छन्। यी सबै जिल्लाको निगरानीका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भने एसपी रेवती ढकालको नेतृत्वमा ‘पर्फर्मेन्स अडिट टिम’ नाम दिएर विशेष टोली गठन गरेको हो। सो टोलीमा ५ जना सदस्य रहेका छन्। ‘आन्तरिक शुद्धीकरण र कार्यसम्पादनमा कमजोरी हुन नदिन विशेष टोली बनाइएको हो,’ कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने।

उनका अनुसार सो टोलीले अपराध अनुसन्धानमा प्रहरी परचालन र सेवा प्रवाहमा प्रभावकारिताको अनुगमन गर्र्नेछ। कार्यक्षेत्रमा खटिएका कर्मचारीले प्रहरी आचरणविरुद्धको कम गरेको पाइए वा दायित्वमा लापारबाही गरेको पाइए उनीहरूलाई कारबाहीको दायरामा ल्याउन विशेष टोलीले सहयोग गर्नेछ। ‘आर्थिक अनुशासनमा शून्य शहनशीलताको नीति लिएर अडिट टिम बनाइएको हो यसले प्रहरीको कामलाई नै सहयोग गर्नेछ,’ डिआइजी पोखरेलले भने।

निरीक्षणका क्रममा आर्थिक अनियमितता, सेवाग्राहीसँग गलत व्यवहार वा मादक पदार्थ सेवा गरेको भेटिए टोलीले प्रहरीलाई नै पक्राउ गर्न सक्नेछ। ‘पर्फर्मेन्स अडिट टिम’ जुनसुकै बेला पनि अनुगमनमा निस्कन सक्ने बताउँदै पोखरेलले हरेक प्रहरी युनिटको प्रोफाइल तयार पारिनुका साथै अडिटको आधारमा नियमित सुपरीवेक्षण उनको भनाइ छ। प्रहरी परिसर काठमाडांै ललितपुरका हिरासत, बृत्त र प्रभागको हिरासतको समेत अनुगमन गर्ने बताइएको छ। डिआइजी पोखरेलका अनुसार सो टोली जुनसुकै बेला कार्यालय नीरिक्षणको क्रममा निस्कनेछ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot