काठमाडौं, २४ पुष । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा मोरङका भीष्मराज ढुंगानालाई नियृुक्त गरेको छ। बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले पुस २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको जानकारी दएका हुन् । file photo