तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा आगो लागेपछि आकस्मिक अवतरणका लागि फर्कंदै गर्दा खसेको बताइएको छ । इरानको नागरिक उड्डयन संघले विमानमा आगो लागेर दुर्घटना भएको जनाएको हो ।
संघले विज्ञप्तिमार्फत् उडानका क्रममा विमानमा आगो लागेको जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार विमानमा आगोको मुश्लो देखिएको थियो । विमान आकस्मिक अवतरणका लागि फर्कंदा बिष्फोट भएको थियो । विमान दुर्घटना भई जमिनमा धुजा धुजा अवस्थामा खसेको थियो । जसका कारण विमानमा सवार १७६ जनाकै ज्यान गयो । शवहरु चिन्नै मुश्किल पर्यो ।
बुधबार तेहरानबाट युक्रेनका लागि उडेको विमान उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो । विमान दुर्घटनामा इरान, क्यानडा, युक्रेन, स्वीडेन, अफगानिस्तान, जर्मनी र बेलायती नागरिक मारिएका थिए ।
यसैगरी, इरानले विमानको ब्ल्याक बक्स विमान कम्पनि बोइङलाई नदिने भएको छ । अन्तर्राष्ट्रिय हवाई नियम अनुसार सम्बन्धित देशको उड्डयन संघले नै ब्ल्याक बक्स राखेर अनुसन्धान गर्न पाउँछ । विमानमा गल्तीले मिसाइल प्रहार भएको आशंका भइरहेको छ । यसबारे चर्चा हुनथालेपछि इरानको उड्ययन संघले आगो लागेर खसेको जनाएको हो ।- एजेन्सीको सहयोगमा Photo Source: EPA-EFE/ABEDIN TAHERKENAREH