चीनको वुहान प्रान्तमा अहिले निमोनियाको बिरामी बढेका छन् । वुहानमा निमोनियाबाट दर्जनौँ मानिसहरु संक्रमित भएका छन् । निमोनिया बिरामीहरुमा कोरोनोभाइरस नाम गरेको नयाँ प्रकारको भाइरसले संक्रमण देखाएको छ ।
कोरोनोभाइरसबाट १५ देखि ५७ बिरामीहरु चपेटमा परेको जनाइएको छ । यस भाइरसलाई इलेक्ट्रोन टेलिस्कोपको माध्यमबाट विज्ञहरुले पत्ता लगाएका हुन् । कोरोनोभाइरस ठूलो परिवारको भाइरस हो । यसले सामान्य चिसो देखि तीव्र श्वास सिन्ड्रोमसम्मको घातक रोगलाई निम्त्याउने कुरा विश्व स्वास्थ संगठनले जनाएको छ ।
भाइरसले सामान्य ज्वोरो देखि किड्नीसम्म हानी पुर्याएर ज्यानसमेत जाने गर्दछ । एसियाको करिब ३७ देशहरुमा यसको संक्रमण रहेको तथ्यांक छ ।
तीव्र श्वास सिन्ड्रोमबाट एसियामा करिब आँठ हजार मानिस प्रभावित भएका छन् । जसमध्ये ७७४ जनाको मूत्यु भएको जनाइएको छ । चीनमा देखिएको सो संक्रमणले श्वासमा समस्या देखिएको जनाइएको छ । चीनमा यस संकmमणबाट कसैको मूत्यु नभएको समेत जनाइएको छ । त्यस संक्रमणले मानिस तथा जनावरसमेतलाई प्रभावित गर्ने क्षमता राखेको छ ।