Logo

प्रशोधित पाम आयलको निकासी रोकियो



काठमाडौं,पुस २५ । भारत सरकारले प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको भोलिपल्ट आर्थात् बिहीबारदेखि नै नेपालबाट त्यसको निकासी रोकिएको छ ।

वीरगञ्ज भन्सारबाट बिहीबार जाँचपास भएको प्रशोधित पाम आयल भारतीय रक्सौल भन्सारले रोकेको छ । जोगबनीस्थित भारतीय भन्सारले पनि नेपाली पाम आयल भारत छिर्न दिएन ।

बिहीबार अपरान्हसम्म जाँचपास भएकोमा साझ उद्योगीहरुले निकासी रोकिएको भन्दै तेल फिर्ता ल्याउने निवेदन दिएको वीरगञ्ज भन्नसार भ्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले बताए ।

भारतीय भन्सारले रोकिदिएपछि उद्योगीले नाकामा रोकिएको तेल फिर्ता ल्याउन अनुमतिका लागि भन्सारलाई निवेदन दिएको आजको आर्थिक अभियानमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्