Logo

गुण्टा कस्दै प्रहरीका २३ उच्च अधिकारी



काठमाडौं, पुस २५ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको पदावधि आगामी माघ २९ गतेबाट समाप्त हुँदै छ । प्रहरी सेवाको ३० बर्ष सेवा अवधिका आधारमा अनिवार्य अवकासका आधारमा खनाल प्रहरी सेवाबाट बिदा हुँदै गर्दा उनको ठाँउमा जाने आकांक्षीको समेत दौडधुप सुरु भएको छ । खनालले छाडेर जाने कुर्सीका लागि यतिबेला प्रहरी सेवामै रहेका वरिष्ठ प्रहरी नायब महानिरिक्षकबिच तीब्र प्रतिस्पर्धा रहेको छ ।

भावी महानिरिक्षकका रुपमा हाल चर्चामा आएका दावेदारमध्येका वरियताका आधारमा एक नम्बरमा रहेका प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवाली अहिले प्रदेश नम्बर एकमा रहेका छन् । त्यसैगरि तारिणी लम्साल सुदूरपश्चिम पदेश प्रहरी प्रमुख र सूर्य उपाध्याय प्रहरी प्रधानकार्यालयमा रहेका छन् ।

नेतृत्व परिवर्तनका समयमा धरैजसो चर्चामा रहने प्रहरी संगठनको नेतृत्व कब्जा गर्न आकांक्षी दावेदारमात्रै नभएर शक्तिकेन्द्रमा रहेका व्यक्तिको समेत उतिकै चासो रहने गरेको संगठन यसैले पनि बेला बेलामा विवादमा समेत आउने गरेको छ ।

अपराध अनुसन्धान र नियन्त्रणमा मात्र होइन कानुन कार्यान्वयन र आन्तिरिक सुरक्षा व्यवस्थापनको कार्यमा प्रत्यक्ष संलग्न हुने भएका कारण प्रहरी संगठन को नेतृत्व चयनप्रति सर्वसाधारणको समेत चासो बढेको विमर्श साप्ताहिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्