काठमाडौं, २५ पौष । तीन दिन लगातार आकाशमा बादल, वर्षा र हिमपातपछि देशका अधिकांश भागमा मौसम सफा बनेको छ । काठमाडौं उपत्यकामा आकाश खुलेको छ । तीन दिनपछि घाम राम्ररी लागेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका पूर्वी र मध्य पहाडी भू भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति पनि मौसम सफा हुनेछ । पश्चिमी वायुको प्रभावले केही दिन देखि बदली भएको मौसम शुक्रबारदेखि सुधार हुने पूर्वानुमान महाशाखाले जनाएको हो ।
तराई र पहाडका केही भू भागमा हुस्सु लागको अवस्था भएपनि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
सबै क्षेत्रमा वर्षा र हिमपात रोकिएपनि चिसो कायमै रहने पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम सुधारका साथ् जनजीवन सामान्य हुने भएको छ । वर्षा हुने सम्भावना नरहेकाे महाशाखाले जनाएको छ ।