Logo

स्पेनिश सुपर कप : बार्सिलोना पराजित, एथ्लेटिको मड्रिड फाईनलमा



काठमाडौं, २५ पुष । स्पानिश जायन्ट बार्सिलोना स्पेनिश सुपर कपमा पराजित भएको छ । बार्सालाई एथ्लेटिको मड्रिडले ३–२ ले पराजित गरेको हो । बिहीबार साउदी अरेवियामा भएको खेलमा एथ्लेटिको मड्रिडले खेलको नतिजा आफ्नो पक्षमा पारेको हो ।

एन्जल कोर्रियाले ८८ औं मिनेटमा गोल गरेपछि नतिजा एथ्लेटिको पक्षमा गएको हो । खेलमा पहिलो अग्रता पनि एथ्लेटिकोले लिएको थियो। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा कोकेले ४६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ५१ औं मिनेटमा लियोनेल मेसीले गोल गर्दै बार्सीलोनालाई खेलमा फर्काए । ६५ औं मिनेटमा ग्रिजम्यानले गोल गरेपछि खेलमा बार्सिलोनाले २–१ को अग्रता लियो। तर ८१ औं मिनेटमा एथ्लेटिकोले पेनाल्टीमार्फत गोल गरेपछि खेल पुनः बराबरीमा पुगेको थियो। यो गोल मोराताले गरेका थिए।

त्यसको पाँच मिनेटपछि ८६ औं मिनेटमा कोर्रियाले गोल गरे र एथ्लेटिको मड्रिड विजयी बन्‍यो। उपाधिका लागि आइतबार एथ्लेटिकोले रियल मड्रिडको सामना गर्नेछ। एजेन्सी



प्रतिक्रिया दिनुहोस्