Logo

देउवा महाधिवेशन कार्यतालिका परिवर्तन नगर्ने पक्षमा



काठमाडौं, २५ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा परिवर्तन नगर्ने पक्षमा पुगेका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टिका बावजुदपनि उनले महाधिवेशन कार्यतालिका सार्वजनिक गरेका थिए ।

देउवाले केन्द्रिय कार्यसमितिको बैठकबाट १४औं महाधिवेशनको कार्यतालिका आगामी २०७७को फागुण ७ गतेदेखि १० गतेसम्म गर्नेगरि ल्याएका छन् । सभापति देउवा अब कुनैपनि हालतमा महाधिवेशनको मुख्य कार्यतालिका अब नसार्ने अडानमा पुगेका छन् ।

आज विहान आफूनिकट नेताहरुसँगको छलफलमा देउवाले भनेका छन्,‘मैले पौडेल समूहको सबै माग पूरा गरेको छु । महाधिवेशन कार्यतालिका सार्वजनिकको माग पनि उहाँहरुको हो । विभाग गठन पनि उहाँहरुको हो, त्यतिमात्रै होईन, नेविसंघ र तरुण दलको पनि त्यहीअनुसार भसकेको छ । यतिवेला पार्टीलाई सशक्त रुपमा लैजानुपर्ने बेला हो । तर, उहाँले जहिलेपनि असहयोग गर्नुभएको छ । यो सह्य कुरा होईन ।’

सभापति देउवा अब देशभरि घुम्ने योजनामा छन् । उनी महाधिवेशनकेन्द्रित भएर देशव्यापी दौडाहामा निस्किने भएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्