काठमाडौं, २५ पौष । नेपाल कम्युनिष्ट पार्टी प्रदेश ३ संसदीय दलले हेटौंडालाई राजधानी राख्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेशसभा संसदीय दलले उक्त निर्णय गरेको हो ।
नेकपाभित्रै राजधानीबारे विवाद भइरहँदा पछिल्लो निर्णय भएको हो । यसअघि नेकपाले यस्तै निर्णय गरेपछि विवाद भएको थियो ।
विवादपछि संसदीय दलको बैठक बसेर निर्णय गरिएको हो । बहुमत सदस्यहरुले हेटौंडा राजधानीको विपक्षमा मत जाहेर गरेपछि मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलबाट निर्णय गराएका हुन् ।
अब हेटौंडा राजधानी राख्नेबारे प्रदेश संसदमा मतदात हुँदा नेकपा र संसदीय दलको निर्णयको पक्षमा नेताहरु गएमा दुई तिहाईले पारित हुनसक्छ । प्रदेश ३ मा नेकपाको भारी बहुमत रहेको छ ।