Logo

नेपालका विमानस्थल जोखिममा : ३२ वटामध्ये २४ वटा घाटामा



पुष २५, काठमाण्डौ । विश्वका १० अत्यन्त जोखिमपूर्ण विमानस्थलको सूचिमा सोलुखुम्बुको लुक्ला विमानस्थल पनि पर्छ । यो मात्रै होइन नेपालको हिमाली क्षेत्रमा रहेका अन्य विमानस्थल पनि उतिनै जोखिमपूर्ण छन् । प्रतिकूल भौगोलिक बनाबटका कारण मात्रै होइन, भौतिक संरचना अस्तव्यस्त हुँदा विमानस्थलहरु जोखिममा छन् । विमानस्थललाई सुरक्षित बनाउन सम्बन्धित निकायले ध्यान दिन सकेको छैन ।

पहाडी भेगका विमानस्थलमा सुरक्षाका आधारभूत कुराकै अभाव छ । जोखिमयुक्त मानिएका कुनै पनि विमानस्थलमा लाइट सिस्टम छैन । जबकि, लाइट सिस्टमलाई विमानस्थलको आधारभूत पूर्वाधार मानिन्छ । कतिपय विमानस्थल शहरको मध्य भागमै हुनाले जोखिम बढेको छ भने कतिपय विमानस्थल भौगोलिक बनाबट र वन्यजन्तुका कारण जोखिममा छन् ।

नेपालमा वन्यजन्तुको जोखिम प्रतिवेदन वाइल्डलाइफ हाजार्ड रिपोर्ट २०१७ का अनुसार नेपालगन्ज विमानस्थल, गौतम बुद्ध विमानस्थल, विराटनगर विमानस्थल र पोखरा विमानस्थल वन्यजन्तु र चराको उच्च जोखिममा रहेका छन् । नेपालमा हवाईयात्राको सुरुवात वि.सं. २००६ देखि अहिलेसम्ममा करिब ९ सय जनाले हवाई दुर्घटना कै कारण ज्यान गुमाएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को भव्यसँग उद्घाटन गरियो । पर्यटक तान्नलाई अनेक प्रचारबाजी पनि गरिदैछ । तर, तिनै पर्यटक उत्रिने विमानस्थलको हविगत भने टिठ लाग्दो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भग्रदगोलको पर्यावाची जस्तै बनेको छ भने आन्तरिक विमानस्थलहरुको अवस्था झनै खराब छ । भौगोलिकताका कारणले जोखिम त छ नै हेलचेक्राइका कारणले अझै बढि विमानस्थलहरु खराब अवस्थाबाट गुज्रिरहेका छन् ।

नेपाल भ्रमण वर्ष मनाइरहँदा पनि विमानस्थललाई व्यवस्थित र सुरक्षित बनाउन तर्फ सरकारले ध्यान दिएको पाइदैन् ।

विमानस्थल घाटाको तथ्याङ्क :

नेपालका अधिकांश बिमानस्थल जोखिमयुक्त त छन नै उल्टै घाटामा पनि छन । नागरिक उड्ड्यन प्राधिकरणले सार्वजनिक गरेको २०१८ को वार्षिक प्रतिवेदनमा उल्लेख तथ्यान्कलाई आधार मान्ने हो भने सन्चालित रहेका ३२ वटा विमान्स्थल मध्ये जम्मा ८ वटा विमानस्थल मात्र नाफामा छन् । त्यसबाहेक अन्य सबै विमानस्थलको घाटा करोडौ रुपैयाँ छ । भौगोलिक बनवट, उडानको सन्ख्यामा कमी आउनु, उपकरण विग्रिनु र मौसम चाडो चाडो परिवर्तनु हुनुलाई नागरिक उड्डयन प्राधिकरणले मुख्य कारण मानेको छ ।

२०१८ मा कुन कुन विमानस्थलको आर्थिक अवस्था कस्तो ?

ताप्लेजुङ विमानस्थल
आम्दानी– ४ लाख ५३ हजार ५ सय ९२
खर्च – ४३ लाख २३ हजार ३५
घाटा– ३८ लाख ६९ हजार ४ सय ४३

चन्द्रागढी विमानस्थल
आम्दानी –२ करोड ४१ लाख १४ हजार २ सय ९०
खर्च –२ करोड ७७ लाख ५६ हजार ९ सय ४
घाटा –३६ लाख ४२ हजार ५ सय १४

तुम्लिङटार विमानस्थल
आम्दानी– २१ लाख ८० हजार ६ सय २१
खर्च– ७५ लाख ७४ हजार ३ सय ४७
घाटा– ५३ लाख ९३ हजार ७ सय २६

भोजपुर विमानस्थल
आम्दानी –२ लाख ३२ हजार ८ सय ४३
खर्च –३४ लाख ८३ हजार ९ सय ७५
घाटा –३२ लाख ५१ हजार १ सय ३२

विराटनगर विमानस्थल
आम्दानी –८ करोड ३३ लाख ३९ हजार ४ सय ५७
खर्च –८ लाख करोड ३५ लाख १ हजार ४ सय ७०
घाटा –१ लाख ६२ हजार १३

लामिडाडा विमानस्थल
आम्दानी –१ लाख २० हजार २२
खर्च –३७ लाख ७० हजार ३ सय ४
घाटा –३६ लाख ५० हजार २ सय ८२

तेन्जिङ हिलारी विमानस्थल
आम्दानी –१ करोड ९६ लाख ४६ हजार ७५
खर्च –१ करोड ८ लाख ६७ हजार ९ सय ९३
नाफा –८७ लाख ७८ हजार ८२

रुम्जाटार विमानस्थल
आम्दानी –२ लाख २८ हजार ८ सय ४९
खर्च –४८ लाख ७१ हजार ७
घाटा –४६ लाख ४२ हजार १ सय ५८

फाप्लु विमानस्थल


आम्दानी –२८ लाख २३ हजार ४ सय ५६
खर्च –४६ लाख १२ हजार ९ सय ५५
घाटा –१७ लाख ८९ हजार ४ सय ९९

मनमाया राइ खानिडाडा विमानस्थल
आम्दानी –१८ हजार ३७
खर्च –४१ लाख ३४ हजार ७ सय २
घाटा –४१ लाख १६ हजार ६ सय ६५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
आम्दानी –७ अर्ब ५३ करोड २७ लाख ३४ हजार ३४
खर्च –१ अर्ब ७ करोड ४५ लाख ७५ हजार ५ सय ८५
नाफा –६ अर्ब ४५ करोड ८१ लाख ५८ हजार ४ सय ४९

जनकपुर विमानस्थल
आम्दानी –७४ लाख २४ हजार ७७
खर्च –२ करोड ५२ लाख ८२ हजार २ सय ५१
घाटा –१ करोड ७८ लाख ५८ हजार १ सय ७४

रामेछाप विमानस्थल
आम्दानी –६ लाख १० हजार ८ सय ७२
खर्च –४० लाख २८ हजार १ सय २१
घाटा –३४ लाख १७ हजार २ सय ४९

सिमरा विमानस्थल
आम्दानी –१ करोड ५४ लाख ६ हजार ९ सय ४१
खर्च –२ करोड ९३ लाख १८ हजार ८ सय ६२
घाटा –१ करोड ३९ लाख ११ हजार ९ सय २१

भरतपुर विमानस्थल
आम्दानी –३ करोड ६ लाख ५४ हजार ३ सय ८८
खर्च –२ करोड ३४ लाख ४३ हजार १ सय ३१
नाफा –७२ लाख ११ हजार २ सय ५७

पोखरा विमानस्थल
आम्दानी –८ करोड ३७ लाख २२ हजार ६ सय ६१
खर्च –४ करोड ७५ लाख ४१ हजार ६ सय ९२
नाफा –३ करोड ६१ लाख ८० हजार ९ सय ६९

गौतम बुद्द विमानस्थल
आम्दानी –६ करोड १४ लाख ९२ हजार ५ सय ६३
खर्च –५ करोड ४९ लाख २८ हजार २ सय ६
नाफा –६५ लाख ६४ हजार ३ सय ५७

मनाङ विमानस्थल
आम्दानी –१ हजार ५ सय ९२
खर्च –११ लाख ६९ हजार १ सय ५२
घाटा –११ लाख ६७ हजार ५ सय ६०

जोमसोम विमानस्थल
आम्दानी –७२ लाख ३० हजार ४ सय ८८
खर्च –१ करोड १ लाख ८८ हजार ६ सय ७२
घाटा –२९ लाख ७ हजार ६ सय ५७

नेपालगन्ज विमानस्थल
आम्दानी –७ करोड २७ लाख ५६ हजार ५ सय २
खर्च –७ करोड १ लाख ८८ हजार ६ सय ७२
नाफा –२५ लाख ६७ हजार ८ सय ३०

सुर्खेत विमानस्थल
आम्दानी –५३ लाख ७३ हजार ८ सय ९४
खर्च –१ करोड ७२ लाख ८५ हजार ९ सय ८०
घाटा –१ करोड १९ लाख १२ हजार ८६

दाङ विमानस्थल
आम्दानी –२२ हजार ९ सय ७५
खर्च –१३ लाख २८ हजार १ सय १०
घाटा –१३ लाख ५ हजार १ सय ३५

रुकुम विमानस्थल
आम्दानी –१ लाख ६७ हजार ३ सय ४७
खर्च –२२ लाख २५ हजार ८ सय ३१
घाटा –२० लाख ५८ हजार ४ सय ८४

डोल्पा विमानस्थल
आम्दानी –३ लाख ९९ ह्जार ८ सय २१
खर्च –३५ लाख २४ हजार ८ सय १६
घाटा –३१ लाख २४ हजार ९ सय ९५

जुम्ला विमानस्थल
आम्दानी –१० लाख ६९ हजार २ सय १५
खर्च –२० लाख ७८ हजार ३९
घाटा –७० लाख ८ हजार ८ सय २४

सिमिकोट विमानस्थल


आम्दानी –१ करोड ४९ लाख ६५ हजार ६ सय ९८
खर्च –१ करोड १८ लाख ६८ हजार ५ सय ६५
नाफा –३० लाख ९७ हजार १ सय ३३

धनगढी विमानस्थल
आम्दानी –२ करोड २९ लाख ४२ हजार ८ सय ३८
खर्च –१ करोड ५२ लाख ५७ हजार ४ सय ७६
नाफा –७६ लाख ८५ हजार ३ सय ६२

बाजुरा विमानस्थल
आम्दानी –४ लाख ८३ हजार ७ सय ३६
खर्च –३० लाख ९७ हजार ४ सय ५३
घाटा –२६ लाख १३ हजार ७ सय १७

रारा मुगू विमानस्थल
आम्दानी –२३ लाख ७२ हजार ८ सय २१
खर्च –३३ लाख ९१ हजार ७ सय ६८
घाटा –१० लाख १८ हजार ९ सय ४७

नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको यो तथ्यांक अनुसार २०१८ मा अधिकांश विमानस्थल घाटामा गएका छन । मुलुकमा पर्यटन वर्ष चलिरहेका बेला यी विमानस्थलहरुको स्तरउन्नती गर्ने र उडान संख्या बढाउने हो भने नाफामा लैजान सकिने विज्ञहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्