Logo

नेपाल मेडिसिटीका चिकित्सकहरुसंग दक्षिण कोरीयाली सर्जनको अन्तरक्रिया



ललितपुर, २५ पुष । नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुसंग दक्षिण कोरियाका प्रतिष्ठित सर्जन डा. किमले प्यान्कृयास सर्जरीका विषयमा अन्तरक्रिया गरेका छन् ।

दक्षिण कोरियाको क्यंगपुक नेशनल विश्वविद्यालयका हेपाटो बिलियरी तथा जनरल सर्जरी विभागमा कार्यारत डा. सांग गोएल किमले शुक्रबार नेपाल मेडिसिटी अस्पतालका सर्जन तथा चिकित्सकहरुसंग अन्तत्र्रिmया गरेको अस्पतालले जारी गरेको विज्ञप्तीमा जनाईएको छ । अन्तरक्रियामा फरक शैलीमा उनले गर्दै आएका हेपाटो बाइलयरी सर्जरी प्रक्रियाबारे प्रष्ट पार्दै यसका लागि आवश्यक पद्धतीबारे बताएका छन् ।

नेपाल मेडिसिटी अस्पतालका सर्जरी विभाग प्रमुुख डा. सुुनिल कुमार शर्मा ढकालले डा. किमको उपस्थिती र अन्तक्र्रिया नेपाली चिकित्सकहरुका लागि निकै फलदायी रहने विश्वास व्यक्त गरे ।

नेपाल मेडिसिटी अस्पताले अत्याधुनिक उपकरण र पद्धतिलाई अपनाउदै बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको सुनाए । अस्पतालको नयाँ पद्धतिबारे जानकारी प्राप्त गर्नुु सबैका लागि सुनौलो अवसर रहेको पनि उनले स्पष्ट पारे ।

अस्पतालका महाप्रबन्धक विजय रिमालले मेडिसिटीले स्वदेशमै विश्वस्तरीय उपचार प्रदान गर्दै आइरहेको सुनाउँदै यस किसिमका कार्यक्रमलाई सधंै प्रोत्साहन गर्दै आएको पनि जनाए ।



प्रतिक्रिया दिनुहोस्