Logo

विरोध गर्दा टिपरले किचेर हत्या



ढल्केबर, पुस २६ । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलामा अवैध तरिकाले भइरहेको गिट्टी–बालुवा उत्खनन‌को विरोध गर्दै आएका स्थानीय २४ वर्षीय दिलीप भनिने ओमप्रकाश महतोलाई शुक्रबार बिहान टिपरले किचेर मारिएको छ।

औरही खोलाकिनार दुवैतिर स्थानीयको खेत छ। ओमप्रकाशको खेत पनि त्यही छ। साँझ परेपछि यस खोलामा लोडर ९मेसिन० ले उत्खनन गरी गिट्टी–बालुवा यस क्षेत्रमा सञ्चालित क्रसर उद्योगमा पु¥याइन्छ। घर–खेतनजिकैको खोलामा भइरहेको अवैध उत्खननको विरोध गर्दा भाइलाई क्रसरवालाको टिपरले खोलामै किचेर मारेको मृतक ओमप्रकाशका दाइ वीरेन्द्रकुमारले बताए।

प्रत्यक्षदर्शीको जानकारी र घटनास्थल मुचुल्का आधारमा महतोलाई किच्ने ना७ख ६४१३ नम्बरका टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए। टिपर साहु तथा खोला छेवैमा वास प्लान्ट ९क्रसर० सञ्चालन गर्दै आएका सञ्चालकलाई समेत अनुसन्धानको घेरामा ल्याइने उनले बताए।

रामजीवन महतोको जेठा छोरा थिए ओमप्रकाश। गाउँमा उनलाई दिलीप भनेर बोलाइन्थ्यो। उनी मेकानिकल इन्जिनियरिङका विद्यार्थी थिए। गाउँछेउमा रहेको औरही खोलामा भइरहेको अवैध उत्खननप्रति उनी असन्तुष्ट थिए। उनले उत्खननको विरोधमा युवालाई एकत्रित पारेर रोक्न लगाउँथे। पोहोर पनि उनको नेतृत्वमा युवाले सो खोलामा भइरहेको उत्खनन रोकेको स्थानीय रामपुकार साहले बताए।

दाजु वीरेन्द्रकुमारका अनुसार पोहोर खोला खन्नेहरूले दिलीपलाई पाँच लाखसम्मको मोटरसाइकल किनिदिने प्रलोभन दिँदासमेत उनले मानेनन्। माफियाले पहिला लोभ्याउँदा नमानेपछि ‘जे पनि हुनसक्छ’ भन्दै धम्क्याएका थिए। ‘पोहोर धम्क्याएका थिए, अहिले मारिदिए,’ वीरेन्द्रले भने, ‘अवैध उत्खनन गर्ने माफियाले हत्या गरेर दुर्घटनाको रूप दिन खोजेका छन्।’



प्रतिक्रिया दिनुहोस्