काठमाडौं, पुस २६ । ब्रिटेनको राजपरिवारमा राजकुमार ह्यारी र उनकी पत्नीको अब के कस्तो भूमिका हुन्छ भन्ने विषयमा छलफल चलिरहँदा डचिस अफ ससिक्स मेगन मार्कल क्यानडा फिर्ता गएकी छन्।
ह्यारी र मार्कलले आफूले राजपरिवारको वरिष्ठ सदस्यु को भूमिका परित्याग गर्ने र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका थिए।
उक्त शाही दम्पती क्रिस्मसको बिदामा छोरा आर्चीलाई लिएर क्यानडा गएका थिए। त्यहाँबाट स्वदेश फर्किएपछि उनीहरूले अप्रत्याशित रूपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै त्यस्तो घोषणा गरेका थिए।
ब्रिटिश महारानी, प्रिन्स अफ वेल्स र ड्यूक अफ केम्ब्रिजले राजसेवाका कर्मचारीहरूलाई ह्यारी दम्पतीको घोषणापश्चात् उत्पन्न परिस्थितिको एउटा व्यावहारिक समाधान खोज्न भनेकै बेला मेगन क्यानडा गएकी हुन्।
बकिङ्गम प्यालेसस्थित स्रोतहरूले बीबीसीका शाही संवाददाता जोनी डाइमन्डलाई बताएअनुसार उक्त विज्ञप्तिबारे राजकुमार ह्यारी र मेगनले राजपरिवारका कुनै सदस्यसँग पनि परामर्श गरेका थिएनन्।उनीहरूले यूके र उत्तर अमेरिका दुवैतिर समय व्यतीत गर्ने आफ्नो योजना भएको उल्लेख गरेका थिए।
हामी राजपरिवारका वरिष्ठु सदस्यको भूमिका त्याग्न र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्न चाहन्छौँ। यद्यपि हामी महारानीलाई निरन्तर पूर्ण समर्थन गरिरहनेछौँ,उक्त दम्पतीको विज्ञप्तिमा उल्लेख छ।
महारानी, कमनवेल्थ र आफू संरक्षक भएका संस्थासँग सम्बन्धित कर्तव्य निर्वाह गर्दै यूके र उत्तर अमेरिकामा समय व्यतीत गर्ने आफ्नो योजना भएको उनीहरूले बताएका छन्।
यो भौगोलिक सन्तुलनले हामीलाई हाम्रा छोरालाई शाही परम्पराको सम्मान गर्दै हुर्काउन समर्थ बनाउनेछ। त्यसो गर्दा हाम्रो परिवारलाई नयाँ परोपकारी संस्थाको आरम्भ गर्न सहित नयाँ अध्यायमा केन्द्रित हुन ठाउँ दिनेछ।
शाही संवाददाता निकोलस विचलका अनुसार महारानीले बिहीवार प्रिन्स अफ वेल्स चार्ल्स र ड्यूक अफ केम्ब्रिज विलियमसँग सम्पर्क गरेकी थिइन्।
उनीहरू सबैले राजसेवाका वरिष्ठ कर्मचारीहरूलाई ससिक्स परिवार र सरकारसँग मिलेर केही दिनभित्र समाधान खोज्न निर्देशन दिएका थिए।
बुधवार एउटा विज्ञप्ति जारी गर्दै बकिङ्गम प्यालेसले भनेको छ, उनीहरूको भिन्न शैलीमा जाने इच्छा भएको बुझ्छौँ। तर यी जटिल विषय हुन् र तिनलाई समाधान गर्न समय लाग्छ।
उनीहरूले जे निर्णय गरेको भए पनि ह्यारी ब्रिटिश राजगद्दीको उत्तराधिकारीको लहरमा छैटौँ स्थानमा छन्क्यानडाबाट फर्किएपछि ह्यारी र मेगनले लन्डनस्थित क्यानडाको उच्च आयोगमा गएर आतिथ्यका लागि धन्यवाद दिएका थिएगत अक्टोबर राजकुमार ह्यारी र मेगनले ब्रिटिश सञ्चारमाध्यमले आफूहरूबारे अनावश्यक चासो देखाएको गुनासो गरेका थिए।
क्रिस्मसको बेला राजपरिवारको जिम्मेवारीबाट छ हप्ताको बिदा लिएर छोरासहित ह्यारी दम्पती क्यानडा गएका थिए।उनीहरू छोरालाई क्यानडामा नै छाडी मङ्गलवार यूके फर्किएका हुन्।
त्यसपछि ३५ वर्षीय ह्यारी र ३८ वर्षीया मेगन लन्डनस्थित क्यानडाको उच्च आयोग गएर आतिथ्यका लागि धन्यवाद दिएका थिए।अमेरिकी टेलिचलचित्र ुसूट्सुमा अभिनय गर्दा उनी क्यान्डाको टोरन्टो बस्थिन्।बीबीसी