भोजपुर, २६ (नागरिक)– भोजपुर नगरपालिका ११, आम्तेकका ६५ वर्षीय हरिबहादुर राईले कान्छी आमा ५६ वर्षीय कर्णशोभासँग मिलेर ८८ वर्षिय दलबहादुरको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कान्छी आमा कर्णशोभासँग अवैध सम्बन्धमा रहेका हरिबहादुरले गत असोज २५ गते दलबहादुरलाई घाँटी थिचेर हत्या गरी शव स्थानीय सोहन खोलामा फालेको प्रहरीले जनाएको छ ।
हरिबहादुर र कर्णशोभाले स्थानीय सन्तोष विक र नारायण विकलाई ५ हजार रुपैयाँ दिएर दलबहादुरको शव डोकोमा हाली खोलामा फ्याँक्न लगाएको भोजपुरका डीएसपी नरबहादुर सलामी मगरले बताउनुभयो ।
गत असोज २५ गते सम्पर्क बिहीन भएका दलबहादुरको खोजी गर्ने क्रममा प्रहरीले उनको शव मंसिर १ गते फेला पारेको थियो । प्रहरीले कर्णशोभालाई पुस १६ गते पक्राउ गरेको हो । भने दलबहादुर शुक्रबार पक्राउ परेका हुन् ।
हरिबहादुर र कर्णशोभा विरुद्द प्रहरीले जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ । यस्तै घटनामा सहयोग गरेको अभियोगमा प्रहरीले सन्तोष र नारायणविरुद्द पनि कर्तव्य ज्यान मुद्दा चलाएको छ । अदालतको आदेशले ४ जना अहिले थुनामा छन् ।