Logo

सचिवालय बैठकमा ओलीसँग वारपार गर्ने प्रचण्डको योजना, बहुमतको साथ



काठमाडौं, २६ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो चार बजे बस्दैछ । प्रतिनिधिसभाको सभामुखको उम्मेद्धवार चयन गर्ने र वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको राजीनामाको सम्बन्धमा छलफल गर्न आजको सचिवालय बैठक बोलाईएको हो ।

उपसभामुख तुम्बाहाम्फेले कुनैपनि हालतमा राजीनामा नदिने अडान लिएपछि नेकपाले सचिवालय बैठक बोलाएको हो । स्रोतको अनुसार आजको सचिवालय बैठकमा अध्यक्ष दाहालले उपसभामुख शिवमायाको राजीनामा माग्ने तयारी गरेका छन् ।

हिजो भएको भेटवार्तामा पनि आफूले शिवमायासँग राजीनामा दिन कुरा गरेको अध्यक्ष दाहालले आफूनिकट नेताहरुसँग अवगत गराएका छन् । सभामुख चयन गर्ने प्रक्रियामा बाधक नबन्न उपसभामुख तुम्बाहाम्फेलाई आग्रह गरेका अध्यक्ष दाहालले आजको बैठकमा बहुमतबाट सो निर्णय गराउनेपनि तयारी गरेका छन् । अध्यक्ष दाहालको पक्षमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नाराय(ाकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ को साथ छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot