Logo

वीरताको गाथा जोडेर पदमार्गको विकास



काठमाडौँ, २७ पुस । प्राकृतिक सौन्दर्य, खानाका परिकार, संस्कृति, सम्पदा र इतिहासका चाखलाग्दा कथाले पर्यटकलाई लोभ्याउँछ । इतिहासका कथा र नेपाली वीरताका गाथा जोडेर पदमार्गको विकास गर्न गहन अध्ययनसमेत भइरहेको छ ।

नेपाल एकीकरण र त्यसपूर्वको इतिहासलाई पर्यटकीय ‘प्याकेज’ बनाउन सकिन्छ इतिहासकार प्रा. दिनेशराज पन्त इतिहासको खोजी गरेर ती ठाउँमा पर्यटक लैजानु भनेको इतिहासको पनि सम्मान हो । यो निकै राम्रो काम हुनजान्छ । नेपाली सेनाले आफ्नो संयन्त्र परिचालन गरेर देशभरका गढी, किल्लाको अध्ययन गरिरहेको छ । नेपाल भ्रमण वर्ष २०२० कै सन्दर्भमा नेपाल सरकारले एकीकरण पदमार्गको प्रवद्र्धन गर्ने योजनासमेत बनाएको छ । एकीकरण पदमार्गको अध्ययनमा संलग्न तथा नेपाली सैनिक प्रतिष्ठानका प्रा।डा। कमलसिंह राठौरले भने – पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा यात्रा गरेका मार्गलाई पहिलो चरणमा अध्ययन गरिएको छ । यो मार्गमा पदयात्रासमेत सम्पन्न गरिएको छ । पृथ्वीनारायण शाहले १८०१ साल असोज १५ गते नुवाकोट विजय गरेपछि काठमाडौँलाई घेराबन्दी गर्ने क्रममा उत्तरतर्फ हुँदै पूर्व बढेका थिए गोर्खाली । कहिले  विरोधीका किल्ला कब्जा गर्दै, कहिले पछाडि सर्दै गर्ने क्रममा कीर्तिपुरमा पहिलोपटक १८१४ साल जेठ १९ गते आक्रमण गरिएको थियो ।

कान्तिपुर अधीनस्थ नुवाकोट जितेको २५ वर्षपछि अर्थात् १८२५ साल असोज १३ गते काठमाडौँको शासन सत्ता पृथ्वीनारायण शाहले लिएका थिए । यसअघि मकवानपुर राज्यको नियन्त्रणमा रहेको सिन्धुलीगढी कब्जा गरेका गोर्खालीले मकवानपुर राज्य पनि जितेपछि काठमाडौँ पूर्णतः घेराबन्दीमा परेको थियो । इतिहासकार प्रा. पन्त काठमाडौँ घेराबन्दीमा परेपछि राजा जयप्रकाश मल्लले अङ्ग्रेजसँग सैनिक सहायता मागेका थिए । जयप्रकाशलाई सहायता गर्न आएका किनलक नेतृत्वको अङ्ग्रेज सेनासँग सिन्धुलीगढीमा १८२४ साल असोज १५ गते युद्ध भएको थियो ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्