हेटौँडा, २७ पौष । प्रदेश नम्बर ३ को नाम बागमती र हेटौंडा राजधानी कायम भएको छ । आइतबार विहान बसेको प्रदेश नम्बर ३ प्रदेशसभा बैठकले दुई तिहाई मतसहित बागमती नाम र हेटौंडा राजधानीको प्रस्ताव पारित गरेको हो ।
बागमती नाममा कुनै विवाद भएन । प्रस्तावमा १०५ मत परेको थियो भने विपक्षमा तीन मत पर्यो । दुई सांसद अनुपस्थित भए ।
काभ्रेलाई राजधानी बनाउने प्रस्ताव विवेकशील पार्टीका सांसद रमेश पौडेलले प्रस्तुत गरेका थिए । यो प्रस्ताव अस्वीकृत भएको थियो । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०४ सदस्यमध्ये १०१ सदस्यले विपक्षमा मतदान गरे । विपक्षमा जम्मा तीन मतमात्र परेको सभामुख सानुकुमार श्रेष्ठले जनाए ।