Logo

६२ खर्बको रुसी हतियार अर्डर, वार्षिक १७ खर्बको विक्री



रुससँग अन्य देशहरुले ६२ खर्ब नेपाली रुपैयाँ मूल्य बराबरको हतियार अर्डर भएको छ । उसले वार्षिक १७ खर्बको हतियार र सैन्य उपकरण निर्यात गरेको छ ।

रुसी उपप्रधानमन्त्री युरी बोरिसोभले शनिबार रुसको विश्व बजारमा हतियारको माग र वार्षिक निर्यातको तथ्यांक सार्वजनिक गरेका हुन् । जसमा ५५ अर्ब डलर हतियारको अर्डर आएको र १५ अर्बको निर्यात गरेको उल्लेख छ ।

रुसको हतियार विक्री निकै बढेको जनाइएको छ । सन् २०१८ मा २०.९ प्रतिशत वृद्धि रहेकोमा सन् २०१९ मा २४.१ प्रशित पुगेको छ । रुसले सबैभन्दा बढी सैन्य विमान विक्री गर्दछ । यसबाहेक युद्धक पानीजहाज विक्रीबाट पनि राम्रो आम्दानी गर्छ ।

रुस अमेरिका पछि बढी हतियार बेच्ने देशमा पर्छ । उसको जीडीपीमा हतियार विक्रीको महत्वपूर्ण योगदान छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्