Logo

देउवा–पौडेल–सिटौलाबीच बुढानिलकण्ठमा भेट, के भयो सहमति ?



पुष २७, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाबीच भेटवार्ता भएको छ । सभापति देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा विवाद समाधानका लागि मिलेर जाने सहमति भएको नेता रमेश लेखकद्वारा जानकारी दिए ।

देउवा पक्षीय केन्द्रिय सदस्यहरुको बहुमतले १४ औँ महाधिवेशनको मिति तय, नेपाल तरुण दलको अवधि ६ महिना थप र विभागहरुको संख्या २८ बाट बढाएर ४१ बनाउने निर्णय गरेको थियो । यो निर्णयप्रति पौडेल–सिटौला पक्षले असन्तुष्टि जनाएका छन् ।

केन्द्रिय समितिले निर्णय गर्दा पौडेल–सिटौला पक्ष उपस्थित थिएनन् । आफूहरुले प्रस्ताव गरेभन्दा विपरित देउवा पक्षले पेलेर जान खोजेको उनीहरुको आरोप छ ।

आजको भेटमा मिलेर जाने विषयमा कुराकानी भए पनि ठोस सहमति भने भएको छैन । चार दिनका पौडेल सोमबार भारत जाँदैछन् । पौडेल भारतबाट फर्किएपछि पुनः छलफल गरेर सहमति खोजिने नेता लेखकले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्